Skip to content

वित्तीय साक्षरतामा तीन सिएको प्रभावशाली आवाज: सञ्जोग, अनुपमा र अन्जलीले डिजिटल प्लेटफर्ममा ल्याए आर्थिक रूपान्तरणको लहर !

काठमाडौँ । नेपाली डिजिटल दुनियाँ मनोरञ्जन, भाइरल कन्टेन्ट र ट्रेन्डिङ गसिपहरूले भरिएको बेला, तीन सिएहरुले भने वित्तीय साक्षरतामा दिएको उल्लेखनीय योगदानको चौतर्फी चर्चा हुन थालेको छ। टिकटक, युट्युब, फेसबुक लगायतका सामाजिक संजालमार्फत बित्तीय सचेतनाका कार्यक्रम गरेर उनीहरुले बित्तीय क्षेत्रमा महत्वपूर्ण योगदानको चौतर्फी चर्चा हुन थालेको हो ।

सन् २०१९ मा सुरु गरिएको कोइरालाको युट्युब च्यानल आइडियाप्रिन्योर नेपाल ले जम्मा १५१ भिडियोमै ५ लाख सब्सक्राइबर पार गर्दै नेपालको पहिलो व्यवसायिक र वित्तीय शिक्षामा आधारित युट्युब च्यानलको पहिचान बनाएको छ । अहिले बित्तीय साक्षरताका लागि यो सबैभन्दा चर्चित च्यानल बनेको छ ।

यस्तै, अनुपमा संग्रौलाले इन्स्टाग्राम, फेसबुक र युट्युबमार्फत वित्तीय साक्षरताका सामग्रीहरू प्रस्तुत गर्दै आइरहेकी छन्। ऋण कसरी नियन्त्रण गर्ने, बचत गर्ने व्यवहार कसरी विकास गर्ने, लगानी गर्ने सोच कहाँबाट सुरु गर्नेजस्ता विषयहरू उनले सरल भाषामा समेटेकी हुन्छिन् । उनी युवामाझ सार्है चर्चित छिन् ।

यता, सिए अन्जली पनि सामाजिक सञ्जालमार्फत अत्यन्तै व्यावहारिक, तथ्यमा आधारित र सरल शैलीमा आर्थिक विषयमा मार्गदर्शन दिएकै कारण चर्चित बनिरहेकी छिन्। उनले पनि सार्है सहज भाषामा कन्टेन्ट क्रिएसन गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।