काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले सहकारी संस्थाहरूका लागि प्रस्तावित वित्तीय विवरणको प्रारूपबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवाला, वित्तीय विज्ञ, नियामक निकायका प्रतिनिधि तथा चार्टर्ड एकाउन्टेन्टहरू सहभागी थिए। उक्त अन्तरक्रियामा प्रस्तावित प्रारूपले पारदर्शिता, जवाफदेहिता र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
सहभागीहरूले प्रारूपसम्बन्धी आफ्ना सुझाव र प्रतिक्रियाहरू प्रस्तुत गरेका थिए। सहभागीहरुले सहकारी क्षेत्रको वित्तीय प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पारदर्शी र प्रभावकारी बनाउन प्रारूप तयार गरिएको जानकारी दिएका छन् । तस्विरहरू:
प्रतिक्रिया दिनुहोस्