Skip to content

बिराटनगरमा १०० बढी विद्यार्थी आइक्यानमा भर्ना, गुरुकुल सिए र मेरिल्याण्डमा एक एक सेक्सन, केहि घरमै बसेर पढ्दै 

काठमाडौँ । बिराटनगरमा बसेर आइक्यान अन्तर्गत सिए पढ्ने विद्यार्थीहरुको संख्या १०० पुगेको छ । बिराटनगरका कोचिङ्ग सेन्टरहरुमा पढ्ने, आइक्यानमा भर्ना गर्ने र आइक्यानमा मात्र भर्ना गरेर घरमै बसेर पढ्नेको संख्या गरेर कुल १०० पुगेको हो । यो संख्यालाई औसत संख्याका रुपमा लिईएको छ ।
बिराटनगरका विद्यार्थीहरुमध्ये ४० हाराहारी विद्यार्थीले कोचिङ्गका लागि गुरुकुल सिए रोजेका छन् । यसभन्दा अघि मेरिल्याण्ड अप्लाइड सिए एकेडेमीको बिराटनगरमा एक छत्र राज थियो । सो राजलाई गुरुकुल सिएले पहिलो एटेम्टमै भत्काउन सफल भएको छ ।
अहिले मेरिल्याण्ड र गुरुकुलमा उही संख्या हाराहारीमा विद्यार्थी भर्ना भएका छन् । केहिले भने घरमै बसेर पढिरहेका छन् ।
File Photo*

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।