Skip to content

चार्टर्ड एकाउन्टेन्ट सुजित पोखरेलविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता, आइक्यान र एक्यान बोल्न नमिलेको कि नखोजेको ?

काठमाडौँ । चार्टर्ड अकाउन्टेन्ट सुजित पोखरेल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ। पतञ्जलिको जग्गा सम्बन्धि ऋण प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । तत्कालीन सनराइज बैङ्कमा रहँदा  पतञ्जलिलाई ऋण दिएको केसमा उनलाई मतियारका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको हो । उक्त मुद्दामा पोख्रेलसहित अन्य  ११ जनालाई पनि प्रतिवादी बनाइएको छ  ।

सो ऋण चुक्ता भईसके पनि अख्तियारले ऋण दिने काममा मतियारको रुपमा संग्लग्न भएको भन्दै सिए पोखरेलसहित अन्यलाई पनि मुद्धा दर्ता गरेको छ ।  अख्तियारले दायर गरेको दाबी पुष्टि भए पोखरेललाई जेल सजाय र आर्थिक जरिवानासमेत हुन सक्ने स्थिति छ ।

तर यस विषयमा नियामक आइक्यान र सिएहरुको संघ बोलिरहेको छैन ।

आइक्यान र एक्यान बोल्न नमिलेको कि नखोजेको ?

यस विषयमा आइक्यान र एक्यान केहि बोलेका छैनन् । अदालतमा विचाराधीन मुद्धा भएकाले यस विषयमा बोल्न नमिलेको तर्क संस्था र संघका पदाधिकारीहरुको छ । ‘एउटा निकायले अदालतमा मुद्धा दर्ता गरेको विषयमा आइक्यान बोल्न नमिलेको हो ।’ आइक्यानका एक पार्षदले सिए सरोकारसँग भने, ‘पूराना सिएमाथि लागेको यस्तो आरोपले हामी दुखी छौं । तर हामी दुखी हुन बाहेक केहि गर्न सक्दैनौँ । उनले दोषी भए सजाय पाउलान्, निर्दोष भए सफाई पाउलान् ।’

एक्यानका पदाधिकारीहरुको तर्क पनि यस्तो विषयमा संघ बोल्न नमिलेको भन्ने नै छ । ‘अख्तियारले अदालतमा मुद्धा दर्ता गरेको विषयमा संघले के भनेर बोल्ने ? हामी उनलाई अदालत फेस गर बाहेक केहि भन्न सक्दैनौँ ।’ संघका एक पदाधिकारी भन्छन्, ‘बैंकर्स संघ पनि बोलेको छैन, बोल्न नमिलेर नै होला । यो लेखापरीक्षणको विषय पनि होइन । त्यसैले हामी बोल्ने स्थिति छैन ।’

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।