Skip to content

आईएमएफद्वारा दश ठूला वाणिज्य बैंकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन आग्रह

काठमाडौँ। अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बैंकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंक यो काममा पटकपटक असफल भइरहँदा आईएमएफले तत्काल अगाडि वढाउन जोड दिएको हो ।

चैत अन्त्यमा निष्कृय कर्जा ५ दशमलव २ प्रतिशत पुगी बैंक तथा वित्तीय संस्थाहरुको पुँजीमा नै असर परेको भन्दै आईएमएफले वित्तीय क्षेत्रमा रहेको जोखिम सहज नभएको जनाएको छ ।

यस सन्दर्भमा अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरुवाट ठूला वाणिज्य बैकहरुको कर्जाको गुणस्तर लेखापरिक्षण गर्ने हालको योजना छिटो कार्यान्वयन गरिहाल्नुपर्ने आईएमएफको धारणा छ ।नेपालको लागि स्वीकृत गरिएको विस्तारित कर्जा सुविधाको छैठौ समिक्षा बैठकमा नेपाली अधिकारीहरुसँग कर्मचारीतहमा सहमतिमा पुगेपछि बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा आईएमएफले लेखापरिक्षक छनौट प्रकृया अघि वढाउन नेपाल राष्ट्र बैकले पुन प्रतिवद्धता जनाएको स्पष्ट पारेको छ ।

हाल निष्कृय कर्जा ५ प्रतिशत नाघेपनि आईएमएफले त्यसलाई पत्याएको छैन । पटक पटकको आफ्नो प्रतिवेदनमा कर्जा तिर्न कर्जा नै दिने परिपाटीका कारण निष्कृय कर्जा कम देखिएको आकलन आईएमएफले गर्दै आएको छ । त्यसैले अन्तराष्ट्रिय लेखा परिक्षकबाट कर्जाको गुणस्तर जाँच गराउँदा वास्तविकता वाहिर आउने उसको ठहर छ र त्यसअनुसार नेपाललाई विस्तारिक कर्जा कार्याक्रम अन्तरगत ऋण दिन नेपालका ठूला बैंकहरुका कर्जाको गुणस्तर परिक्षण गराउनुपर्ने शर्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।