Skip to content

नेपाली सीएहरु किन भकाभक दुबई जाँदैछन् ?

काठमाडौँ । नेपाली बैंक तथा वित्तीय संस्थामा काम गरिरहेका चार्टर्ड एकाउन्टेन्ट हुन् वा प्राक्टिस गरिरहेका सीएहरु हुन्, पछिल्लो समय युएईका विभिन्न ठाउँहरु पुग्ने क्रम ह्वात्तै बढेको छ । त्यसमा पनि दुबई जानेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । यकीन तथ्यांक नभए पनि दुबई पुग्ने सीएहरुको संख्या ठुलो मात्र देखिएको छैन, दुबई जानकै लागि नेपामा गरिरहेको काम छोड्नेहरु पनि बढेका छन् ।

दुबई नै किन ?

केहि समय अघि मात्र नेपालमा गरिरहेको काम छोडेर दुबई पुगेका एक सिए त्यहाँ नेपालमा भन्दा तुलनात्मक रुपमा बढी कमाई हुने भएकाले दुबई धेरैको रोजाई बनिरहेको दाबी गर्छन् । ‘यहाँ (युएई)मा सिएहरुका लागि निकै राम्रो प्याकेज छ । केहि लाख कमाउन गाह्रो छैन । त्यसैले पनि धेरै सिएहरु दुबई आईरहेका छन् ।’ सिए सरोकारसँगा कुराकानी गर्दै ती सिएले भने, ‘अझै धेरै साथीहरु यहाँ आउन खोजिरहेको सुनिन्छ ।

सजिलो भिसा प्रक्रिया भएकाले पनि दुबईमा सिएहरुको प्रवेश सहज भएको देखिन्छ । ‘दुबईमा एक त भिसा सजिलो भयो, अर्को नयाँ काम गरौँ भन्दा पनि यहाँ धेरै स्कोप छ ।’ दुबई पुगेका अर्का एक सिएले सिए सरोकारसँग भने, ‘यहाँ त नेपालमा गैरकानुनी भनिएको क्रिप्टोकै काम गर्न पनि पाइन्छ । अरु थुप्रै काममा पनि सिएका लागि सहज छ ।’

पछिल्लो समय नेपालबाट अन्य देशहरुमा जाने सिएहरुको संख्या बढिरहेको छ । अमेरिका अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा राम्रै संख्यामा नेपाली सिएहरु छन् । पछिल्लो समय दुबई अझ आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।