Skip to content

सीए मनोजकुमार ज्ञवाली नबिल बैंकको सीइओमा नियुक्त

काठमाडौँ। सीए मनोजकुमार ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि कामु सीइओ रहेका ज्ञवालीलाई उक्त पदमा नियुक्त गरेको हो।

ज्ञानेन्द्र ढुंगानाले गत चैत १० गतेदेखि लागू हुने गरी सीइओ पदबाट राजीनामा दिएसँगै बैंक सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।

नबिल बैंकमा उनी नायब महाप्रबन्धकबाट प्रवेश गरेका हुन्। हाल उनी ४ वर्षे कार्यकालका लागि बैंकको सीइओ पदमा नियुक्त भएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।