Skip to content

एक्यान र एनएमबि बैंकबीच सम्झौता, बैंकिङ सेवामा विशेष सहकार्य गर्ने

काठमाडौँ।  एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) र एनएमबि बैंकबीच सम्झौता भएको छ। बैंक र एक्यानबीच बैंकिङ सेवामा विशेष सहकार्य गर्ने गरी सम्झौता भएको हो।

एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्।

यस सम्झौता अन्तर्गत एक्यानका सदस्यहरूलाई विशेष वित्तीय सेवाहरू जस्तै: कर्जा प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड, ग्रीन सेभिङ खाता, डिजिटल र कार्ड सेवाहरू र व्यक्तिगत सम्बन्ध व्यवस्थापन सुविधा प्रदान गरिनेछ।

यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।