Skip to content

काठमाडौँको सिमा र पोखराको इआइएले पनि र्याङ्क ल्याए

आइक्यानले गत जुलाईमा लिएको परिक्षा अन्तर्गत क्याप वानको नतिजामा मोफसलको इन्स्टिच्युटले पनि र्याङ्क ल्याएको छ ।  पोखरा स्थित इनलाइटेण्ड सिएले गत जुलाईमा आइक्यानले लिएको परिक्षामा र्याङ्क ल्याएको हो । इन्लाईटेण्डकी विद्यार्थी सुभेक्षा कार्कीले १०औं र्याङ्क ल्याएकी हुन् ।

 यता काठमाडौँकामा रहेको सिमा एकेडेमिक्स नामक संस्थाले पनि आठौँ र्याङ्क ल्याएको छ।  उक्त संस्थामा पढ्ने प्रनिसा श्रेष्ठले ८ औं र्याङ्क ल्याएको हो।  सिमा एकेडेमिक्स गत साल आफु कहाँ हुँदै नभएको विद्यार्थीलाइ बाधाई संदेश छापेको भन्दै विवादित भएको थियो। तश्वीर : सिमाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्