ऋषि राम अधिकारी
सीए सरोकार, दिल्ली ब्युरो
दिल्लीमा सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेप्लिज स्टुडेन्ट्स हेल्पिङ ह्यान्ड्सले’ आफ्नो दोस्रो वार्षिक साधारणसभा गत आइतबार सम्पन्न गरेको छ । अाइ.टि.ओस्थित राजा राम मोहन रोय मेमोरिअल हलमा सम्पन्न भएको उक्त कार्यक्रममा भारत स्थित नेपाली दुताबास प्रतिनिधि तथा सिए ईन्स्टिच्युटको ‘नर्थेन् ईन्डिया रिजनल काउन्सिल’का सदस्यहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा सिए परीक्षा टप गरेकी शैली चौधरीले आफ्नो अनुभवहरु सुनाएकी थिईन भने ‘मोटीभेसनल स्पिकर’ पि.एस. राठोरले सहभागी विद्यार्थीहरुमाझ प्रेरणादायी सन्देश प्रबाह गरेका थिए। दिल्लीका अरु संघ–संस्थाका प्रतिनिधिहरु एबम् सिए अध्यापन गराउने बिभिन्न शिक्षकहरुको सहभागीता माझ सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न नेपाली तथा हिन्दी साँस्कृतिक नृत्य देखाईएको थियो भने त्यसका साथसाथै बिभिन्न ब्यान्डहरुले आफ्नो गीत–संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण लक्ष्मीनगरको ईतिहासमा पहिलोपटक विद्यार्थीहरुले नै भोटिङ मार्फत आफ्नो प्रतिनिधिहरु चुन्न पाउने व्यवस्था मिलाईएको खुल्ला निर्वाचन थियो । कूल ५१६ मत खसेको खुल्ला निर्वाचनबाट अध्यक्षमा मदन बस्नेत, उपाध्यक्षमा अमित खत्री,सचिबमा सन्दीप पाण्डे, उपसचिबमा अबिता शर्मा , कोषाध्यक्षमा प्रेम देवकोटा गरी १५ जानाको कार्यसमिती चयन भएको निर्वाचन समितीका सदस्य रोहित नेपालले सीए सरोकारलाई बताएका छन्।

निर्वाचित कार्यकारी सदश्यहरुलाई सहि र प्रभावकारी ढंगबाट परिचालन गर्न बिभिन्न विभागमा बिभाजन गरी जिम्मेवारी दिईने जानकारी नब–निर्बाचित अध्यक्ष मदन बस्नेतले सीए सरोकारलाई बताएका छन्। उक्त कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्