![]() |
नतिजाको नमुना |
सीपीटि परिक्षा आफ्ना विद्यार्थीले आइसीएआइ टप गरेपछि एकाएक दिन दुइ गुणा रात चौगुणा गरी आफ्नो ख्याति बढाईरहेको एओसीले नयाँ प्रयोगको थालनी गरेको छ। आफ्नो संस्थामा भएका आन्तरिक परिक्षाको नतिजा समेत एवओसीले वेब साइटमा राख्न थालेको छ। यसै बीच एओसीले गत सेप्टेम्बरमा संचालन गरिएको आन्तरिक परीक्षाको नतिजा आफ्नो वेबसाइटमा राखेको छ।
विद्यार्थीलाइ प्रतिस्पर्धाको भावना उजागर गराई पढाइमा अझ लगन शिल बन्न यो बिधि निकै नै राम्रो भएको एओसी निकट सिएहरुको भनाइ छ। सुरु सुरुमा केहि विद्यार्थीका हकमा यो प्रयोगले नकारात्मक असर गर्ने भएपनि त्यो विद्यार्थीको पढ्ने बानी बिकासका लागि कोसेढुङ्गा हुने विश्लेषकहरु बताउँछन्।
प्रविधिको प्रयोग गरी आफ्ना छोराछोरीले कस्तो पढिरहेका छन् ? परिक्षा दिन गएका छन् कि छैनन्, कुन परिक्षामा कस्तो गरिरहेका छन् भन्ने विविध खालका कुराहरुलाई अभिवावकले पनि घरमै बसेर हेर्न सक्ने हुनाले यसले बिधार्थीको पढाइ राम्रो बनाउन अझ सहयोग गर्ने सिएहरु बताउँछन्।
अभिवावकको व्यस्ततालाइ पनि यो प्रयोगले सम्बोधन गर्ने प्रयास गरेको छ। आफ्नो काममा ब्यस्त हुनु पर्ने हुनाले फुर्सदको समयमा आफ्ना छोराछोरीको पढाइका बारेमा जहाँ रहेर पनि बुझ्न सकिने हुनाले पनि यसलाई राम्रो प्रयोगको रुपमा हेरिएको छ। परिक्षा दिन नगएका केहि विद्यार्थीहरुले भने मौन रुपमै भएपनि यो प्रविधिको विरोध गरेको कुरामा कुनै दुइ मत छैन।
प्रतिक्रिया दिनुहोस्