
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – चार्टड एकाउन्टेन्ट राजु ढकाल नेपाली सञ्चारमाध्यम तथा पत्ररकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपाल अन्तर्गत को वितरण सम्परीक्षण समिति (Audit Bureau of circulation) मा सदस्यको रुपमा नियुक्त भएका छन् । उनी दुई बर्षका लागि नियुक्त भएका हुन् ।
मन्त्री परिषदको मिति २०७६/०१/११ को निर्णय अनुसार उनी सदस्य नियुक्त भएका हुन् । प्रेस काउन्सिल नेपालको उक्त समितिमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को एक जना प्रतिनिधि रहने व्यवस्था छ । एक्यानले भने हरेक पटक संघको कोषाध्यक्षलाई काउन्सिलमा पठाउने गरेको छ ।
उनको नियुक्तिसँगै उक्त समितिले पूर्णता पाएको छ । यो समितिले पत्रपत्रिका बर्गीकरणको सिफारिस गर्ने काम गर्दछ ।
प्रतिक्रिया दिनुहोस्