Skip to content

एक्यानका अध्यक्षको संघीन आरोप, ‘आइक्यानबाट सूचना विक्री भयो’, आइक्यानका अधिकारीले दिए यस्तो जवाफ…

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । क्वालिटी एसुरेन्स बोर्डले सिए राजश्री हुमागाईंको फर्ममा लापरवाही भेटेपछि कारवाहीको सिफारिस गर्यो । तर हुमागाईंको नाम थाहा नहुँदासम्म कारवाही गर्न तयार भएका काउन्सिल सदस्यहरु हुमागाईं एक्यान अध्यक्षकि श्रीमती भन्ने थाहा भएपछी हच्किए र यो केस अहिले आइक्यानमा पेण्डीङमा छ । यो तथ्यबारे सिए सरोकारले विशेष स्रोतबाट प्रमाण फेला पार्यो र समाचार तयार गरेर प्रकाशन गर्यो । तर अहिले यहि विषयलाई लिएर एक्यान अध्यक्षले सिएहरुको सूचना कसरी मिडियामा चुहावट भयो भन्दै प्रश्न गरेका छन् । एक्यानका अध्यक्षले २ पटक लेखेको फेसबुक स्ट्याटसमा सूचना चुहावटबारे आइक्यानमाथि प्रश्न उठाएका छन् ।
उनले प्रश्न उठाएपछि हामीले यहि प्रश्न आइक्यानका उच्च अधिकारीहरुलाई गर्यौं । आफुहरु नियामक भएकाले यस्ता कुराहरुको जवाफ दिन आवश्यक नभएको बताउने ती अधिकारीले ‘प्रश्न उठेपछि उत्तर दिनुहोस् न’ भन्ने हाम्रो आग्रह माने । तर नाम उल्लेख नगर्ने सर्तमा ।
‘आइक्यानले सूचना चुहावट गर्यो भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘आइक्यानबाट सूचना चुहावट भयो भनेर प्रश्न गर्नेले पहिला यो बुझ्नुपर्छ, सबैभन्दा पहिला काउन्सिलबाट चुहिएको सूचना नै राजश्री हुमागाईंलाई कारवाहीको एजेन्डा काउन्सिलमा आयो र सिफारिस पनि भयो भन्ने हो । सो सूचना चुहावट कसले गरे भन्ने कुरा छोडौं तर सुचना चुहावट भएर उनै एक्यानका अध्यक्षसम्म पुगेको हो । काउन्सिलमा त उक्त फाइल राजश्री हुमागाईंको हो भन्ने कुरै उल्लेख थिएन । काउन्सिल बैठकको कुरा आफूकहाँ सुटुक्क पुग्दा सूचना चुहावट भएन, अहिले आफ्नो मान्छे परेपछि सूचना चुहावट भयो ?’
‘एक्यानका अध्यक्षले त सदस्यले संस्थाकै संयन्त्रबाट सूचनाको बिक्री भएकोसम्म आरोप लगाउनुभएको छ नि ? हाम्रो प्रश्नमा उनले भने, ‘आइक्यानले १५ बर्षे नीति पास गर्यो । काउन्सिल बैठकसमेत सकिएको थिएन । तपाईंहरु (सिए सरोकार)ले समाचार छाप्नुभयो । त्यहि समाचारलाई आधार बनाएर उहाँले भोलिपल्टै सिए सरोकारमै त्यसको विरोध गर्नुभयो । यो सूचना चुहावट होइन ?’ आफुलाई ठिक लाग्दा जति सुचना चुहिएपनि ठिक मान्ने, आफुलाई बेठिक हुँदा आइक्यानलाई अनेक आरोप लगाउने ? आइक्यानले सूचना बेच्यो भन्नेहरुलाई मेरो प्रश्न छ, आफ्नो मान्छेलाई कारवाही हुँदैछ भन्ने सूचना किन्न कति पैसा खर्चनुभयो ?
ती अधिकारी यतिमा मात्र रोकिएनन् । ‘हिजोकै कुरा गरौँ न । एक्यानले आइक्यानलाई पत्र लेख्यो । त्यो पत्र आईक्यानका हामीले मिडियामा पढ्यौं । के यो सूचना चुहावट होइन ? कि प्रेस रिलिज निकालेको भए मिडियाले छाप्यो भन्न हुन्थ्यो, तर न प्रेस रिलिज छ, न एक्यानका कसैले पत्र सार्वजनिक गर्नुभएको छ, हामीले चिठी नहेर्दै मिडियामा चिठी आउनुचाहिं सूचना चुहावट भएन ?’ ।
हामीले प्रश्न गर्यौं , ‘यहि विषयलाई लिएर राजश्री हुमागाईंले आइक्यानमा पत्र लेख्दैहुनुहुन्छ रे नि !’
उनले जवाफ दिए, ‘सदस्यले पत्र लेख्न पाउँछ । हामीले पनि उहाँलाई पत्र लेख्न पाउँछौ । यहि भएर त हामी नियामक । तर एउटा तथ्य यसरी बुझ्नुपर्छ सबैले । राजश्री हुमागाईंको केसमा सूचना पहिलोपटक काउन्सिल सदस्यले चुहाएका हुन् । त्यो पनि पहिलो सूचना एक्यानका अध्यक्षलाई दिइएको प्रष्ट छ । त्यो सूचना नचुहिएको भए राजश्री हुमागाईंलाई त्यहि बेला नै कारवाही भइसक्थ्यो । अहिले आएर ठुला कुरा गरेर हुन्न ।

प्रतिक्रिया दिनुहोस्