श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उनी उक्त परीक्षामा ८७
प्रतिशत अङ्क ल्याउँदै आईक्यानबाट परीक्षा दिएकामध्ये उत्कृष्ट भएकी हुन् ।
यो आईक्यानका विद्यार्थीको नतीजामध्ये हालसम्मकै उत्कृष्ट भएको सीएआईका
प्रमुख बालचन्द्र प्रवाहले बताए । त्यस्तै, सीएआईका पाँचजना विद्यार्थी
उत्कृष्ट दशमा पर्न सफल भएको उनले जानकारी दिए ।उत्कृष्ट भएकी विद्यार्थी निरुलाई आईसीएले पुरस्कारस्वरूप रू. १ लाख
प्रदान गरेको छ । सीए अध्ययन गर्न चाहने विद्यार्थीलाई ‘फोर विङ
पोलिसी’अन्तर्गत विभिन्न छूट तथा पुरस्कारको व्यवस्था गरिएको हो । सफल तथा
असफल दुवै किसिमका विद्यार्थीलाई समेट्ने उद्देश्यले यस्तो नीति लिएको
प्रमुख प्रवाहले बताए । नीतिअनुसार क्याप– वानको भर्नाका क्रममा कुनै छूट
नलिएका विद्यार्थी परीक्षामा असफल भएमा ५० प्रतिशत छूट प्राप्त गर्नेछन् ।
त्यस्तै, पास हुने विद्यार्थीलाई १ अङ्कबराबर रू. ५० छूट दिने, परीक्षामा
‘मेरिड र्याङ्क’मा आउने विद्यार्थीले ट्युशन शुल्कमा ५० प्रतिशत छूट
प्राप्त गर्नेछन् ।
![]() |
निरु श्रेष्ठ |
आगामी दिनमा पनि दी इन्ष्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ इण्डिया
(आईसीएआई)को परीक्षामा उत्कृष्ट हुनेले रू. २ लाख र नेपाल चार्टर्ड
एकाउण्टेण्ट्स संस्था (आईक्यान)को परीक्षामा उत्कृष्ट हुनेलाई १ लाख
रुपैयाँ पुरस्कार उपलब्ध गराउने भएको प्रवाहले जानकारी दिए । ‘अहिले बजारमा
प्रतिस्पर्धा बढिरहेको छ,’ उनले भने, ‘त्यसैले, गुणस्तरीय शिक्षा दिन नयाँ
खालको नीति लिएका हौं ।’ चार्टर्ड एकाउण्टेन्सी शिक्षाका लागि आईक्यानको
स्थापना हुनुअघि नेपालमै पहिलोपटक सीएआई स्थापना भएको संस्थाका प्रमुख
प्रवाह बताए ।पुतलीसडकको शङ्करदेव क्याम्पसअगाडि रहेको सीएआई सन् १९९६ मा स्थापना
भएको थियो । संस्था शुरुआत गर्दा तीन÷चारजना विद्यार्थीबाट कक्षा सञ्चालन
गरेको संस्थामा अहिले वार्षिक करीब ६ सय विद्यार्थी अध्ययनरत छन् । १६
वर्षदेखि अध्यापन गर्दै आएका अनुभवी तथा दक्ष शिक्षक, पर्याप्त शैक्षिक
सामग्री र कुशल व्यवस्थापनको संयोजनले विद्यार्थीको नतीजा उत्कृष्ट देखिएको
उनले बताए । आईक्यानअन्तर्गतको सीए पढ्न रू. २ लाख ५० हजार र इण्डिया
बोर्डअन्तर्गत करीब रू. २ लाख लाग्छ ।
प्रतिक्रिया दिनुहोस्