Skip to content

‘बुडी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने कुराको डर भयो : टि.आर उपाध्याय

बरीस्ट चार्टड एकाउन्टेन्ट टि.आर उपाध्यायले ‘बुढी मरी भन्दा पनि काल पल्केको मा डर भएको’ बताउनु भएको छ । सिआइबि  लाई लछित गर्दै उहाले  बिभिन्न निकायले आइक्यान हुँदा हुँदै सिएहरुलाइ शासन गर्न खोजे  अडिट गरेर बसिरहनु ठीक नभएको गम्भिर अभिब्यक्ती दिनु भएको छ । लेखा ब्यवसायलाई नियमन गर्ने निकाय आइक्यान हुँदा हुँदै सिआइबिले गरेको कार्यले  लेखा ब्यबसायी हरुको मनोबल घटेको बताउनु भएको छ । आफ्नो ४५ बर्षको लेखा ब्यवसायको ईतिहास स्मरण गर्दै उहाले अडिट गरेकै आधारमा लेखा ब्यबसासीहरु समातिने क्रम जारी रहे कोही पनि जेल जान बाट नजोगिने बताउनुभएको छ । बिभिन्न एन को अपव्याख्या गर्दै सिआइबिले गरेको कार्य आपतिजनक रहेको बताउदै “SAVE OUR PROFESSION” अभियानमा जस्तो सुकै सहयोग गर्न पनि आफु तयार भएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्