Skip to content

हातेमालो नेपाली बिधार्थी समुहको आन्दोलन सुरु

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको एक बर्षको तालिमको ब्यबस्थाको बिरोधमा आन्दोलनको कार्यक्रमको घोषणा गरेको हातेमालो नेपाली बिधार्थी समुहको एक टोलीले आज बिभिन्न निकायमा बिरोध पत्र पठाएको छ । आइसिएआइ अन्तर्गत सिए फाईनल अध्ययन गरिरहेका बिधार्थी प्रबेश आचार्यको नेत्रित्वमा पुगेको एक टोलीले एक्यान, आइक्यान, अडान, कोश तथा लेखा नियन्त्रण कार्यालय, अर्थ मन्त्रालय लगायताका बिभिन्न निकायहरुमा ध्यानाकर्षण एबम बिरोध पत्र बुझाएको छ । एनकासाका अध्यपक्षलाई भने संपर्क नभएका कारण एनकासालाई दिने पत्र भने सम्बन्धित ठाउँमा पुर्याइ दिन भन्दै सिए सरोकारको जिम्मा लगाइएको छ । बिरोधको पहिलो तह अनुसार बिभिन्न निकायमा बिरोध पत्र पठाइएको र अन्य कार्यक्रम बिस्तारै अगाडि बढाउने हातेमालो नेपाली बिधार्थी समुहले बताएको छ । आइक्यानको पछील्लो निर्णयले नेपाली लेखा ब्यवसायमा दुर्गामी असर गर्ने भन्दै भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुले संस्थागत रुपमा आइक्यानले गरेको एक बर्षको तालिमको निर्णयको बिरोध गरिरहेको छ । हातेमालोले आउदो होली मनाउन  आइक्यानको निर्णयको बिरोधमा टिसर्ट समेतत प्रिन्ट गरेको छ ।

हामी आबश्यक पहल गर्छौ : एक्यान
हातेमालो नेपाली बिधार्थी समुहको बिरोध पत्र बुझ्दै एक्यान अध्यक्ष भरत रिजालले आफुहरुले यो बिषयलाई लिएर आइक्यानमा ध्यानाकर्षण पत्र बुझाईसकेकाले आबश्यक पहल गर्ने बताउनु भएको छ । आइक्यानले गरेको पछील्लो निर्णयले नेपाली लेखा ब्यवसायमा दुर्गामी असर गर्ने कुरामा एक्यान सजग भएको भन्दै आफुहरुले हातेमालो नेपाली बिधार्थी समुहले गरेको आन्दोलनको कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताउनु भएको हो ।आइक्यानले गरेको निर्णय ढिलो चाडो फिर्ता हुने बताउदै एक्यान अध्यक्षले SAVE OUR PROFESSION अभियान टुङ्ग्गो नलागेकाले यस कुरामा ध्यान दिन समय लागेको र छिट्टै यस कुराको बिरोधमा अझ अगाडि बढ्ने बताउनुभएको छ ।

हामी एनकासा र आइक्यानका बिरोधि होइनौ: आन्दोलनका अगुवा
‘तपाइको आन्दोलनको एनकासाले प्रतिकार गर्‍यो भने त्यसलाई शाहने क्षमता तपाईंहरु सङ्ग छ? भन्न्ने सिए सरोकारको प्रश्नको उत्तर दिदै हातेमालो नेपाली बिधार्थी समुहका प्रतिनिधि एबम आन्दोलनका अगुवा प्रबेश आचार्यले आफुहरु एनकासा र आइक्यानको बिरोधधी  नभएको प्रस्ट पार्नुभएको छ । आन्दोलनको अर्थ ढुङ्गामुढा, अनसन, धर्ना वा अन्य त्यस्ता गतिबिधी नभै आफुहरु कुटनितिक तरिकाले अगाडि बढ्ने उहाले बताउनु भएको छ । ‘डमी’को गलत व्याख्या गरी आइक्यानले आफुहरु माथि अन्याय गरेको भन्दै यस कुराले आइक्यानलाई नै घाटा हुने भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आइसिएआइ को समेत सहयोग लिन्छौ: हातेमालो
बिषय राष्ट्रियता भन्दा पनि बढी पेसाको हितको कुरा भएकाले आइसिएआइ लाई आइक्यानको  निर्णय फिर्ता गराउन पहल गर्नेगरी लबिङ सुरु गर्ने हातेमालो नेपाली बिधार्थी समुहले बताएको छ। सिए सरोकारसङ्ग कुराकानी गर्दै हातेमालो प्रतिनिधि प्रबेश आचार्यले आफुहरु आइसिएआइ सम्म पुग्ने र यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउने बताउनुभएको छ ।


आइक्यानको निर्णयमा हाम्रो समर्थन छ: एनकासा
आफुहरु एक बर्षको पुन: व्याबहारिक तालिमको पक्षमा रहेको बताइरहेको एनकासाले  आफुहरु आइक्यानको निर्णयलाई स्वागत गर्दै अगाडि बढ्ने बताएको छ । हातेमालोको आन्दोलन प्रती मौन बसिरहेको एनकासाले यस अघी नै एनकासाको आइक्यानको निर्णयमा समर्थन रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्