Skip to content

सिएआइकि सबनम सिपिटिकि नेपाल टपर

हालै प्रकाशित सिए सिपिटिको नतिजा अनुसार सिएआइकि सबनम पल नेपाल टपर भएको छिन् । कुल  ९२% ल्याएर उनी नेपाल टपर भएकी हुन । नेपाल टपर भएपछीको प्रतिकृयामा उनले सिए सम्बन्धी केही नजानेको मान्छेलाई यो स्थानसम्म ल्याइ पुर्याउन सहयोग गर्ने सिएआइका अध्यक्ष बाल चन्द्र श्रेष्ठलाई धन्यबाद  दिएकी छिन् । र्यान्क नाआए  पनि नेपाल टपर हुनुले आफुलाई गर्बिलो तुल्याएको उनको भनाइ छ । फेसबुक मार्फत  बाल चन्द्र श्रेष्ठलाई सार्वजनिक सन्देश पठाउदै उनले  आफ्नो सफलताको सहयात्री  बनेकोमा श्रेष्ठलाई सलाम समेत गरेकी छिन्  । आफ्नो कतिपय प्रश्नले बाल चन्द्र सरलाई दिक्क बनाएको अनुमानित सम्झना गरेकी पलले नेपाल टप गरेकी हुन । यता सबनमको खुशीमा निकै नै खुसि भएको भनाइ ब्यक्त गर्दै ब्यक्त गर्दै श्रेष्ठले  सबनमको खुशीले आफुलाई निकै नै उत्शाहित बनाएको भनाइ राख्नु भएको  छ । सबनमले फेसबुकमा पठाएको सार्वजनिक सन्देशको उत्तर दिदै उहाले आफुले अध्यापन कर्मबाट यस अघी नै सन्यास लिन खोजेको तर केही साथीहरुको अनुरोधमा सन्यास नलिएको स्मरण गर्दै सबनमको सफलताले आफुलाई अझ प्रोत्शहान मिलेको भनाइ राख्नुभएको छ । बिधार्थीको सफलताका थुप्रै अनुभव भए  पनि सबनमको सफलताले आफुलाई बिशेष खुशी दिएको उनको प्रतिकृया छ ।

प्रतिक्रिया दिनुहोस्