Skip to content

लक्ष्मीनगरका नेपाली सिए क्षात्राहरुलाई सघाउँदै जुनकिरी

बिशेष गरि भारतमा रही सिए अध्यान गरिरहेका नेपाली बिधार्थीहरुको विभिन्न संगठनहरुले आ-आफ्नो कार्यहरु गरिरहेका बेला भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली 
छात्राहरुको हित संरक्षण र सम्बर्दनका साथै सिए क्षात्राहरु  भित्र रहेका
विभिन्न प्रतिभालाइ प्रस्पोठन गराउने उद्देश्यले भारतको लक्ष्मीनगरमा
खुलेको संगठन  हो जुनकिरी (FIRE FLIES ) एसोसिएसन अफ नेपाल।  लक्ष्मीनगरमा सिए अध्यान गरिरहेका छात्राहरुलाई एकत्रित गरी  सम्भावाना चुनौती र अवसरका बारेमा कुरा गरिने एक थलोको रुपमा जुनकिरी एसोसिएसनलाइ अगाडी बढाइएको जुनकिरी एसोसिएसन अफ नेपालकि अध्यक्ष नवरत्न अछामीले सिए सरोकारलाइ बताउनु  भएको छ।

जुनकिरी एसोसिएसनले गरेका कार्यहरु : २२ मार्च २०१४ मा स्थापना भई  छोटो समय मै जुनकिरी एसोसिएसन अफ नेपालले विभिन्न कार्यहरु सम्पन्न गरेको छ।  हाजिरजवाफ कार्यक्रम  , आर्तिकल्शिप बारे छलफल कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको जुनकिरीले पछि भारतमा रहेको बिधार्थी संगठन  हातेमालोसंग मिलेर तीजको कार्यक्रम समेत सम्पन्न गरेको अध्यक्ष अछामीले सिए सरोकारलाइ बताउनु भयो।  यस अलावा बाढि पिडितलाइ सहयोगको कार्यक्रम समेत आफुले सम्पन्न गरेको एसोसिएसनकि अध्यक्ष अछामीले जानकारी दिनुभयो ।  

महिलाहरुको  संगठन :भारतमा विभिन्न बिधार्थी संगठन हुदाहुदै पनि महिलाहरु त्यस कार्यक्रममा आफुलाई प्रस्तुत गर्न अफ्ठ्यारो मान्ने समस्याका कारण जुनकिरी एसोसिएसन जन्मिएको अध्यक्ष नवरत्न अछामी बताउनुहुन्छ।  महिलाहरु महिला कै कार्यक्रम वा भेटघाटमा आफुलाई बढि खुलाउने हुनाले र कति पय महिलाहरुका समस्या महिलाहरुलाई बाहेक भन्न नमिल्ने हुनाले पनि बिसेषगरि नारिहरुकै मात्र संगठनको आबश्यकता बोध गरि जुनकिरी एसोसिएसन अफ नेपालको स्थापना भएको उहाको भनाइ छ।  बिसेष गरि भारतमा रहदा विभिन्न  खालका समस्याहरु महिला हरुले बढि भोग्नु पर्ने भएकाले जुनकिरी त्यसको समाधानको लागि अग्रसर हुने समेत उहाको दाबि छ।  आर्टिकल्शिप खोज्न हुने समस्या, भारत बसाइमा हुने समस्या लगायत विभिन्न समस्यालाई समाधान गर्ने उदेश्यका साथ् अगाडि बढेको जुनकिरी एसोसिएसनमा नेपालबाट सिए अध्ययन गर्न लक्ष्मीनगर पुगेका कोहि पनि नेपाली  महिला बिधार्थी ले जुनकिरी एसोसिएसनमा सम्पर्क गर्न सकिने उहाको भनाई  छ। 

भारत बसाइ र देश को माया : भारतमा बसेर पढ्दै गर्दा नेपालको अझ धेरै माया लाग्ने बताउदै संस्था कि अध्यक्ष नवरत्न अछामीले देशका खातिर महिलाहरुले गर्न सक्ने योगदानका लागि पनि जुनकिरीको स्थापना भएको बताउनु भएको छ।  भारत निकै नै रफ्तारमा बिकशित भैरहेको बताउदै त्यहाँबाट सिकेका केहि कुराहरु नेपालमा समेत अबलम्बन गर्न सके त्यसले महिला सिए / बिधार्थीको व्यक्तित्व बिकाश र देशको समग्र बिकाशमा पनि टेवा पुर्याउन सक्ने उहाको भनाइ छ।

दिदि बहिनीहरुलाई स्वागत : जुनकिरी एसोसिएसन अफ नेपालमा जो कोहि नेपालि सिए बिधार्थी आबद्द हुन सक्ने बाताइए को छ।  भारत बसाइका बेला पर्ने कुनै पनि अफ्ट्यारोको समाधान गर्न जुनकिरी तत्पर भएको संस्थाकि अध्यक्ष नवरत्न अछामीको भनाइ छ।  बिशेषगरि भारतमा रहेका करिव १२००० बिधार्थीहरु मध्ये उल्लेखनिय रुपमा महिला बिधार्थीहरु पनि छन्।महिला बिधार्थीहरुले विभिन्न खाले समस्याहरु भोग्नु परेको समाचार बेला बेलामा आइरहेको छ।
(संस्थाकि अध्यक्ष नवरत्न अछामी संग गरिएको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्