Skip to content

आइसीएआईको स्टेजमा नेपाली सिए विधार्थीले बुद्ध र पशुपतिको कुरा गरेपछि…

भारतको बैंगलोर स्थित क्रिस्ट विश्वविधालयको अडीटरियममा एक भब्य कार्यक्रम भईरहेको थियो।  विभिन्न देशबाट आएका सिए विधार्थीहरुले आफ्नो प्रस्तुति देखाईरहेका थिए।  २००० भन्दा बढी विधार्थीहरुको भिड अनि सिए, सिए सिक्षा, अवसर र चुनौतीका कुरा।  माहोल केहि खास थियो।  सहभागीहरुका हरेक प्रस्तुति हरुमाथि सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया दिईरहेका थिए निर्णायक मण्डलका सिएहरु। प्राविधिक बिषयमा आ-आफ्नो प्रस्तुति देखाईरहेका विधार्थीहरुलाई पनि दर्शकहरुले निकै चाख लगाएर हेरिरहेका थिए।  र यस्तैमा केहि विधार्थीहरुले आ-आफ्नो प्रस्तुति राख्दै गर्दा पालो आयो नेपाली सिए विधार्थी सुदिप राज पौडेलको।

भादगाउले टोपीमा सजिएकाले पहिला देखि नै नेपालीको लवाईमाथि सकारात्मक टिप्पणी भईरहेको थियो। यस्तैमा आफ्नो प्रस्तुति स्रुरु गरे सुदिपले।  अरु विधार्थीहरुको प्रस्तुति भन्दा केहि अलग शैलीमा आफ्नो प्रस्तुति सुरु गरे उनले।  पावोर पोइन्ट स्लाइड चल्न सुरु भयो र सुरु भयो उनको प्रस्तुति।  तर अरु विधार्थीहरुको जस्तो पहिरो स्लाइडमा आफ्नो नाम, वा बिषय भन्दा पनि नेपालको झण्डा फहराइहरेको देखियो।  नेपालको झण्डा देख्ने बित्तिकै सुरु भयो तालीको गडगडाहड।  र उनि बोले , “Good Morning Everyone. Its me Sudip Poudel representing The Institute of Chartered Accountants of Nepal. Nepal- The land where Gautam Buddha was born.” उनले यति मात्र के भनेका थिए हल अझै गुन्जयमान भयो। आइसीएका प्रतिनिधिहरुले खासै केहि प्रतिक्रिया नजनाए पनि केहि भारतीय बिधार्थीहरु भने अचम्म मान्दै कानेखुसि गर्दै थिए।  यस्तैमा सुरु भयो विधार्थीहरुको ‘बुद्ध बहस’।  सुदिपले आफ्नो प्रस्तुतिलाइ निकै सुन्दर ढंगबाट प्रस्तुति गरिरहेका थिए।  प्राय अन्य सबै सहभागीहरुलाई नकारात्मक टिप्पणी पनि गरेका सिएहरुले उनको प्रस्तुति सकिएपछी भने ,”सबै थोक ठिक छ।  सुदिपको आत्मविश्वास बलियो छ।  जहाँसम्म ‘कन्टेन्ट’ को कुरा छ , उनले क्यापिटल गेन इन नेपाल ” का बारेमा बोलेकाले मलाई त्यस बारे केहि पनि थाहा छैन। उनले जे भने सबै सहि नै भने होलान भन्ने मेरो अड्कल छ ” निर्णायक सिएले त्यसो भनेपछी नेपालीहरु चलाख भएको सम्मको प्रतिक्रिया दिए भारतका विधार्थीहरुले।  यस्तैमा उनको प्रस्तुति सकिदै थियो।  एक्कासि अन्तिम स्लाइडमा पशुपतिनाथको तस्बिर देखियो।  र सुदिप ले भने ,”Thank You Everyone. May Lord Pashupatinath bless you all. त्यसपछि पनि निकै बेर  तालि बजिरह्यो। 

प्रतिक्रिया दिनुहोस्