Skip to content

दिल्लीमा सिए अध्ययन गरिरहेका एक फरक सिए बिधार्थीसंग एक फरक सम्बाद

बेलुकीको समय , दिल्लीको जाडो अनि सहरिया भिडभाड।  मान्छेकोको उदेकलाग्दो जमात अनि आ-आफ्नै व्यस्ततामा हानिएका मान्छेहरु। त्यहि भिडमा थिए पोखराका सुमन अधिकारी (उनकै अनुरोधमा नाम परिवर्तन ) जो कार्यालयको काम सकेर लक्ष्मीनगरस्थित आफ्नो डेरा तिर लाग्दैछन्। तर दिल्ली सहरमा उनको परिचय गुमनाम छ।  न त उनले कसैलाई आफु सिए पढ्दैछु भन्ने कुरा भनेका छन् न त सहरमा हजारौंको संख्यामा बस्ने नेपाली सिए बिधार्थीलाइ उनको चासो छ।  न उनी  कुनै बिधार्थी संगठनमा आबद्द छन् न त त्यो सहरमा कसैले उनलाई सिए पढिरहेको विधार्थी भनेर बुझेका छन्।  लक्ष्मीनगर भन्दा करिव आधा घण्टा टाढा एक सामान्य  सिए फर्ममा उनी काम गर्छन  तर उनलाई चिन्नेको जमात दिल्लीमा निकै नै कम छ। 

उनलाई दिल्लीमा विभिन्न विधार्थी संगठन छन् भन्ने थाहा छ। तर उनी आफुलाई त्यतातिर कहिले पनि रुची नभएको बताउँछन्। फेसबुकमा दिल्लीमा अध्यययन गरिरहेका साथीहरुको लिस्ट निकै सानो छ उनको। न त उनी दिल्लीमा नेपाली विधार्थीले आयोजना गर्ने कुनै कार्यक्रममा सहभागी हुन्छन्,  न त मन नै गर्छन सहभागी हुन।  यसको मतलब उनी  एकलकाटे हुन् भन्ने उनलाई लाग्दैन।  कुरा यति हो उनी  दिल्ली सहर देखि सन्तुस्ट छैनन् , अझ त्यहाँका नेपालीहरुसंग।
दिल्लीमा १२००० विधार्थी छन् भन्ने कुरा उनि स्युकार्दैनन्।  बर्षे नै आउने बिधार्थी को गणना गरेर यो तथ्यांक निस्किएको हुन सक्ने उनको भनाई छ।  उनी  मुस्कुराउदै भन्छन ” मेरो कसैसंग खास सामिप्यता नभए पनि मलाई यहाँका नेपालीहरुबारे थाहा छ।  यहाँ मुस्किलले ८००० सिए विधार्थी होलान र त्यसमा पनि फाइनल पढ्नेको जमात निकै नै सानो छ। दिल्लीबारे उनको तर्क बेग्लै छ।  यो सहरले विधार्थीलाइ बिगारेको उनको भनाइ छ।  दिल्ली कै ट्रेन स्टेसनमा चिया पिउदै उनी गफिन्छन्, “वास्तवमा धेरै नेपाली सिए विधार्थीहरुलाई दिल्लीले बिगारेको छ।  सहर महँगो छ तर नेपालीहरु आफु गरिव छु भन्ने कहिले सोच्दैनन्।  नेपालबाट आएको पैसा मध्ये दरिलो हिस्सा फुर्मासी खर्च हुन्छ दिल्लीमा। 
उनालाई आइक्यानको बारेमा पनि राम्ररि थाहा छ।  तर आईक्यान र आइसीएआइका कुराहरुले उनलाई खासै फरक पार्दैन।  उनी भन्छन् म “सिए सरोकारको साइट हेरिरहेको हुन्छु।  सबैका समाचार हेर्छु र आफै प्रति गर्व लागेर आउँछ, कारण म जस्तो हुन गाह्रो छ यो दिल्ली मा” उनी थप्छन नेपाली सिए बिधार्थीलाइ यस्तो समाचार आउँदा दुख लाग्छ तर पनि यहाँ अधिकांसले  ‘डमी’ गरेको कुरा साँचो हो।  थोरै बिधार्थी इमान्दार भएर काम गर्छन र तिनको भविस्य पनि उज्ज्वल छ।  उनि मुस्कुराउदै थप्छन्, ” यहाँ काम गर्नेको संगत गरेर पनि मान्छेहरु डमी गर्छन, त्यसले उनीहरुकै जीवन बर्वाद गरिरहको छ। “

उनी भन्छन् मसंग काम र पढाइ बाहेक अरु केहि गर्ने फुर्सद छैन।  म दिउसो अफिस जान्छु बिहान बेलुका पढ्छु। दिल्लीमा उनि कसैको सम्पर्कमा छैनन्।  लक्ष्मीनगर मिनी नेपाल जस्तै भएको स्मरण गर्दै उनी  भन्छन,” हक र अधिकारका कुरामा मलाई खासै रुची छैन।  मा जे छु ठिक छु।  न त कसैको सहयोग पाउने आश छ न त कसैलाई दुख दिने नियति नै। ” उनि खास मलिन हुँदै भन्छन, “खुसीका लागि यहाँ सबै जम्मा हुन्छन्।  दुखमा पनि संगठन हुने हो भने थुप्रै साथीहरुको ज्यान अकाल मै नजाने थियो भन्ने उनको तर्क छ। उनी थप्छन यहाँ नेपाली सिए विधार्थीका बारेमा केहि खास खाबर बाहिर आउंदैनन्।  आउनु राम्रो पनि होइन।  दिल्लीमा नेपाली बिधार्थीहरुले बाच्न नजानेको उनी बताउँछन्।  कुरा अगाडी बढ्दै थियो। सानो कपको चिया सकियो।  कुरा गर्ने एउटा चियारुपी  बहाना पनि।  उनको कुरालाई सिए सरोकारको अनलाइनमा राखिदिने कुरा गरेपछि उनि जाँदाजादै मुस्कुराउदै भन्दै थिए, तिमी त पत्रकार पर्यौ , मेरो नामचाहि कतै पनि नाखुलाउनुस है !

प्रतिक्रिया दिनुहोस्