Skip to content

पोखरामा सिए विधार्थी सम्मानित

आईक्यानबाट सम्बन्धन प्राप्त पोखराका इन्स्टिच्युटहरुमध्ये आफुलाई अब्बल साबित गर्न सफल इन्स्टिच्युट इन्लाईटेन्ड इन्टरनेश्नल एकेडेमी (ईआईए) ले एक कार्यक्रमका बीच आईक्यानको प्रथम तहको परिक्षामा उत्कृस्ट १० मध्ये ८ औ स्थान हासिल गर्न सफल विधार्थी रश्मिना रंजितलाई नगद रु २० हजारबाट सम्मानित गरेको छ।  ईआईएले एक कार्यक्रमका बीच उनलाई नगद पुरस्कारबाट सम्मान गरेको हो।  रस्मिनाले आईक्यानको पहिलो तहको परिक्षामा ८०.३३ प्रतिशत अंक प्राप्त गरेकी थिईन्।निकै नै मेधावी बिधार्थी रश्मिनालाइ प्रोत्साहान स्वरूप उक्त रकम प्रदान गरिएको एकेडेमी को भनाइ छ।  ईआईए पोखरामा राम्रो नतिजा ल्याउने इन्स्टिच्युटका रुपमा निकै नै चर्चित छ भने उक्त एकेडेमीमा पढ्ने  बिधार्थी हरुले बिबि यसमा पनि निकै नै राम्रो नतिजा ल्याउने गरेको छ। 
पोखरामा उस्तै छ सिए क्रेज:काठमाण्डौमा सिए पढ्न ईछुक विधार्थीहरुको संख्या बढिरहेका बेला पोखरामा पनि सिए पढ्ने क्रेज बढ्दै गएको छ।  पोखरास्थित ईआईए आईक्यानबाट सम्बन्धन प्राप्त भएकाले पनि बिसेष गरी आइक्यानको सिए अध्ययन गर्न चाहाने पोखराका विधार्थीहरुका लागि ईआईए निकै नै राम्रो विकल्प हुन सक्ने सरोकारवाला हरुबताउँछन्।  सिएको पहिलो तह, दोश्रो तह र बिबियसमा समेत निकै नै राम्रो नतिजा ल्याउन सफल ईआईए पोखरामा उपलब्ध सबै भन्दा दक्ष शिक्षक, र उत्कृस्ट भौतिक पूर्वाधार सहितको इन्स्टिच्युटका रुपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्