Skip to content

एक्यानका अध्यक्ष भरत रिजाल आशन्न आईक्यानको चुनावमा भिड्दै, कस्तो छ उनको सम्भावना र चुनौती ?

 
नेपाल चार्टड एकाउन्टेन्टस् संघ एक्यानका अध्यक्ष भरत रिजालआशन्न आईक्यानको चुनावमा भिड्ने भएका छन्। सामाजिक संजाल मार्फत उनले आफुले यसपाली उमेद्वारी दिन लागेको बताउंदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।  बिगतमा पनि आईक्यानको काउन्सिलमा रही अनुभव बटुलीसकेका रिजाल यसपालीको चुनावमा पनि भिड्ने भएका हुन्।  सामाजिक संजाल मार्फत उनले आफु आईक्यानको चुनावमा उठ्न लागेकाले सबै सरोकारवालाहरुले सहयोग गरिदिन आग्रह गरेका छन्।  एक्यानमा रही नेपाली लेखा ब्यबसायमा आफुले दिएको योगदानका बारेमा सबैलाई अबगत भएको र समकक्षीहरुको सुझाव कै आधारमा आफु यसपालीको चुनावमा उठ्न लागेको उहाँको भनाई थियो।
भरत रिजालका सवल पक्ष: यसपालीको चुनावमा करिव २४ सदश्यले उमेद्वारी दिने बुझिएकोमा भरत रिजाल सम्भावना बोकेका उमेद्वारका रुपमा चिनिएको छ। एक्यानमा रही आफ्नो बलियो सहभागिता देखाएका रिजालले एभेरेस्ट इन्स्योरेन्स प्रकरणमा लेखापरीक्षक समातिएपछी त्यसको बिरोधमा आयोजना भएको सेभ आवोर प्रोफेसनको नेत्रीत्व लिएका थिए। साथै एक्यानलाइ हालको स्थितिसम्म ल्याईपुर्याउन महत्वपूर्ण भूमिका खेलेकाले पनि उनको सम्भावना बलियो भएको हो. लेखा ब्यबसायसंग सम्बन्धित एकआध व्यक्ति बाहेक सबैसंग राम्रो सम्बन्ध भएकाले पनि उनको सम्भावना निकै बलियो भएको हो।हाल आरपीवि एण्डएसोसिएट्सका म्यानेजिंग पार्टनर समेत रहेका भरत रिजालको सिए करियरमा कुनै पनि ‘नेगेटिभ पोर्टफोलियो ‘ नभएका कारण पनि उनको चुनाव जित्ने सम्भावना बलियो रहेको सरोकारवाला हरु बताउंछन्।
भरत रिजालका चुनाव चुनौतिहरु : विशेषगरी आईक्यानको गत कार्यकालमा उच्च तहमा रहेका केहि सिएहरु नै भरत रिजाललाई हराउन लविंग गरिरहेको समाचारलाई  आधार बनाउने हो भने यो भरत रिजालका लागि एक चुनौती हुन सक्छ।  सिए क्षत्रको एक गुटले भरत रिजाल लगायतका केहिलाई नेपाल बोर्डको बिरोधिका रुपमा प्रचार गरी आईक्यानका उत्पादनहरुमाझ भ्रम फैलाईरहेको भन्ने बजारमा चलेको अपुष्ट हल्ला पनि भरत रिजालका लागि चुनौती हुन सक्छ।  आईक्यानमा गत कार्यकालमा उच्च तहमा बसेका केहि सिएहरुले भरत रिजाल लगायात केहि सिएहरुलाई हराउन कै लागि भोट काट्ने नियतका साथ केहि उमेद्वारहरु खडा गराएको बजारको हल्ला सहि भएको खण्डमा भरत रिजालका लागि यो पक्ष पनि चुनौतीका रुपमा अगाडी आउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्