आईक्यानको निर्वाचनको सरगर्मी बढिरहेको प्रसङ्गमा विभिन्न उमेद्वारहरुको चर्चा चुलिरहेका बेला केहि त्यस्ता खास पात्रहरुको चर्चा पनि चुलिदै गएको छ नेपाली सिए बजारमा। तिनै पात्र मध्येका एक हुन् , प्रकाश लम्शाल। हाल आईक्यानको उपाध्यक्ष पद सम्हालिरहेका प्रकाश लम्शाल आउँदो कार्यकालका लागि अध्यक्षका निस्चित प्राय दाबेदार हुन्। यद्यपी अध्यक्षका लागि काउन्सिलमा हुनै पर्ने बाध्यताका कारण उनी औपचारिकताका लागि चुनाव लड्दैछन्।
जितेनन् भने के हुन्छ ? : प्रकाश लम्शाल उपाध्यक्ष भइसकेका बेला उनी हार्छन भन्ने अड्कल सायदैले गरेका होलान्। तर टपर पनि कहिलेकाहीं फेल हुन्छ भने जस्तै उनी जित्छन् नै भन्ने छैन भन्ने एक जमात पनि नेपाली सिए बजारमा छ। उनले यदि यो चुनाव जितेनन् भने उनी काउन्सिलको सदश्य नभएकै कारण अध्यक्ष बन्ने उनको एतिहासिक मौका गुम्नेछ। यद्यपी उपाध्यक्षलाइ प्राय सबैले भोट दिने आईक्यान परम्परा भएका कारण पनि उनले चुनाव जित्ने विश्लेषकहरुको भनाइ छ।
यस्तो पनि… : प्रकाश लम्शालको जीत लगभग निश्चित भएपनि सिए बजारका केहि गुटहरु भने प्रकाश लम्शाल लगायत केहीलाई जसरि पनि हराउनु पर्छ भन्दै लविंग सुरु गरेको खबर छ। कुल १० सिटका लागि हुने निर्वाचनमा केहि नयाँ अनुहारलाइ अगाडी ल्याएर प्रकाश लम्साल, सुरेश देवकोटा लगायतलाई हराउने रणनीतिका साथ सिएहरुको एक झुण्डले गोप्य क्याम्पिएन नै सुरु गरिरहेको अपुष्ट हल्लाले अहिलेको सिए बजार तताइरहेको छ। तस्बिर : प्रकाश लम्शालको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्