Skip to content

महेश खनाल पनि चुनावी दौडमा, सम्भावनाको सुचीमा सबैभन्दा माथि

नेपाली सिए बजारमा बिसेषत : प्राक्टिसमा निकै नै राम्रो छवि बनाएका सिए महेश खनाल पनि आशन्न आईक्यानको चुनावमा भिड्ने भएका छन्।  सिए सरोकारसंग कुराकानी गर्दै उनले आफु यसपालीको चुनावमा लड्ने बताएका हुन्।  महेश खनाल एम खनाल एण्ड कम्पनीमा  आबद्ध छन्।  
यसपाली चुनावमा लड्ने भनिएका सबै उमेद्वारमध्ये महेश खनाल सम्भावनाको  सुचीमा सबैभन्दा माथि रहेको सरोकारवालाहरु बताउँछन्।  प्राक्टिसमा निकै राम्रो छवि हुनु , कुनै ठुलो बिबादमा नपर्नु , सबैसंग सुमधुर सम्बन्ध हुनु र लेखा व्यवसायका विभिन्न मुद्धाहरुबारे जानकार व्यक्तिका रुपमा चिनिनु उनका सबैभन्दा सवल पक्षहरु हुन्।  हालसम्म सिए बजारमा महेश खानाको विपक्षमा कसैले कुनैखाले अभियान चलाएको खबर नआएकाले पनि सम्भावनाको सुचीमा अग्रस्थानमा रही उनी, निर्वाचित हुने १० सिटमा ‘सेफ ल्याडिङ्ग’  भईसकेको विश्लेषकहरु बताउँछन्। तस्बिर : महेश खनालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्