Skip to content

सिए नरेश कुमार ओलीद्वारा एनाकासा कप क्रिकेटका लागि रु.५०००० सहयोग

नेपाल चार्टड एकाउन्टेन्ट्स विधार्थी एसोसिएसन (एनाकासा) ले बार्षिक रुपमा आयोजना गर्ने कार्यक्रमका लागि सिए नरेश कुमार ओलीले नगद रु ५०००० सहायोग गर्नुभएको छ।  एनाकासा कप क्रिकेटको समापनपछी आयोजना भएको ट्रफी तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सिए नरेश कुमार ओलीले उक्त सहयोग रकम एनकासालाई  प्रदान  गर्नुभएको हो।  एनाकासा कप क्रिकेटका लागि आबश्यक पर्ने रकममा सहयोग पुग्दै एनाकासा कप क्रिकेट अझै ब्यबस्थित हुने उद्देश्यले आफुले उक्त रकम एनाकासालाई  सहयोग गरेको नरेश कुमार ओलीले बताउनुभएको थियो ।  साथै उहाँले उक्त रकम एनाकासा कप क्रिकेटको बिकासका लागि मात्र प्रयोग गर्न एनाकासालाई  आग्रह गर्नुभएको छ।  सहयोग रकम अन्य प्रयोजनका लागि नामास्न अनुरोध गर्दै उहाँले आफुले गरेको सहयोग रकमको सहि तरिकाले उपयोग हुने बिश्वास ब्यक्त गर्नुभएको छ।  एनाकासा कप क्रिकेट आयोजना गर्न एम खनाल एण्ड कम्पनीले पनि बार्षिक २१००० नगद प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्