आईसीएआई अन्तर्गत सिएको दोश्रो तह आईपीसीसीमा सीएआईले पनि उत्कृस्ट नतिजा ल्याएको छ। प्रकाशित नतिजा अनुसार सीएआईबाट ३७ जना बिधार्थी फाईनलमा पुगेका छन्जसमध्ये १४ जनाले दुवै ग्रुप र बाँकी ले एक ग्रुप उतिर्ण गरेका हुँन्। यसै बीच सामाजिक संजाल मार्फत उतिर्ण बिधार्थीहरुलाई धन्यबाद दिंदै सीएआईका अध्यक्ष बाल चन्द्र श्रेष्ठ लेसी एआईको नतिजा नेपालकै उत्कृस्ट नतिजा भएको दाबी गर्नुभएको छ। परिक्षा दिने कुल ४५ जना मा ७ जना पूराना बिधार्थी भएको र ति मध्ये ३७ जना उतिर्ण (रेगुलर ४५ मध्ये ३० र पुराना ७ जना ) भएको नतिजा निकै नै उत्साहजनक नतिजा भएको उहाँले बताउनुभएको छ। सीएआईका तर्फबाट केहि बिधार्थीहरुले विभिन्न बिषयमा एक्जम्सन पनि ल्याएका छन्। कुनै पनि बिषयमा ६० भन्दा बढी अंक ल्याए पछी एक्जम्सन मानिन्छ। सीएआई नेपालकै सबैभन्दा जेठो सिए पढाउने संस्था हो।
प्रतिक्रिया दिनुहोस्