
लगभग निश्चित जित : चुनावमा कसले जित्छ वा हार्छ भन्ने कुरा एकिन गरेर भन्न नसकिए पनि सिए भव नाथ दाहालको उमेद्वारीले धेरै सिएहरुको पहिलो भोट कसलाई दिने भन्ने अन्योल मेटाउने विश्लेषकहरु बताउँछन्। नेपाल बोर्डको पहिलो सिए भएको नाताले पनि आईक्यानका गतिबिधि, वा भविस्यसंग सबैभन्दा बढी जानकार राख्ने व्यक्तिका रुपमा कहलिनु , नेपाल बोर्डबाट उतिर्ण सबै जसोका ‘गुरु’का रुपमा परिचित हुनु ,आईक्यानबाट उतिर्ण सिएहरुको नयाँ पुस्तामध्ये अधिकांसका सिक्षक हुनुजस्ता बिबिध कारणले पनि उनको जीत निश्चित छ भन्ने कुरा लाई थप प्रशय दिएको हो।
सम्भावनाको दांजोमा छैनन् कमजोर पक्ष : आईक्यानको आशन्न चुनावमा भिड्न लागेका सिएहरुको चुनाव जित्ने सम्भावना र चुनौतीको दांजोमा भवनाथ दाहालका चुनौतीका पक्षहरु लगभग सुन्य छ। आईक्यानका हरेक क्रियाकलापमा निकै नै बौद्धिक अभिव्यक्ति दिने सिएका रुपमा परिचित भएका उनलाई नेपाल बोर्डबाट उतिर्ण प्रायले पहिलो भोट र पहिलो भोट बिबिध कारणले अरुलाई दिनु पर्ने बाध्यता भएका सिएहरुले त्यसपछीको भोट दिने अड्कलले पनि उनको जीत निश्चित भएको हो। यता भारतीय बोर्डबाट उतीर्ण बरिस्ट सिएहरु माँझ पनि भावनाथ दाहालको व्यक्तित्व निकै नै सकारात्मक भएका कारणले पनि उनलाई राम्रो संख्यामा भोट आउने विश्लेषण गरीएको छ। नेपाली सिए बजारमा कहलिएका अन्य सिएहरुको जस्तो सबैले देख्ने गरी नै कोहिसंग शत्रुता नहुनु, सबैसंग शालीन हुनु, खारिएका व्यक्तित्वका रुपमा चिनिनु , आईक्यानका हरेकजसो मुद्धाहरुमा अपडेट हुनु र र त्यस माथि पनि ‘पूराना’ सिएहरु मध्ये सबैभन्दा ‘राम्रा’ सिएका रुपमा चिनिनुले पनि उनको सम्भावना निकै नै बढी भएको नेपाली सिए बजारको विश्लेषण छ।
प्रतिक्रिया दिनुहोस्