आशन्न आईक्यानको निर्वाचनका उमेद्वार समेत रहेका सिए भरत रिजालले बिदेशी सिए लाई गरिएको एक बर्षको अनिवार्य तालिमको प्रावधान आउँदो काउन्सिलबाट परिमार्जन गरिने बताएका छन् । सिए सरोकारले आयोजना गरेको निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सिए रिजालले यस्तो बताएका हुँन् । उहाँले तत्कालिन काउन्सिलले गरेको उक्त निर्णय हतारमा गरिएको र त्यसले कसैलाई फाईदा नगर्ने बताउंदै निर्णय परिमार्जन गर्नुपर्ने बताएका हुन् ।”भरत रिजाल काउन्सिलमा पुगेपछी एक बर्षे इन्टर्नको ब्यबस्था खारेज हुन्छ भन्ने हल्ला छ नि भरत सर, हो?” भन्ने सिए सरोकारको प्रश्न को उत्तर दिंदै भरत रिजाल ले भने ,” हो ! तपाइले सुन्नु भएको कुरा एकदम सत्य हो। खारेज नै चाहिं हुन गाह्रो होला , तर परिमार्जन भने अवस्य गरिनु पर्छ। ” उनले थपे “उक्त निर्णय तत्कालिन समयमा प्रायोजित थियो, जसले गर्दा आईक्यान र आईसिएआई बीच सम्बन्ध बिग्रिएको सबैलाई थाहा छ। त्यसैले निर्णय सच्च्याईनु पर्छ। ” अनि यो निर्णयलाई खुलेरै स्वागत गर्ने नेपाली विधार्थीलाई चाहिं के भन्नु हुन्छ नि भन्ने सिए सरोकारको प्रश्नमा उनले भने ” यसमा नेपाली र भारतीय बोर्डको कुरा हुँदैन। अहिले नेपाली बोर्डका विधार्थीले पनि उक्त निर्णय गलत छ भन्ने बुझिसकेका छन्।
निर्णय बुझेरै गरिएको हो। तत्काल उल्टिने सम्भावना छैन : देवकोटा : यता सिए सुरेश देवकोटाले भने निर्णय बुझेरै गरिएकाले तत्काल खारेज नहुने बताएका छन् । उक्त निर्णय गर्दा आफु पनि त्यसको पक्षमा रहेको बताउंदै देवकोटाले आबश्यक परे केहि परिमार्जनका लागि छलफल गर्न सकिए पनि हालका लागि उक्त निर्णय बदर नहुने उनको ठम्याई थियो । “निर्णयले मुहुर्त रुप लिईसकेकाले अहिले नै उक्त निर्णय बदर गर्ने पक्षमा हामी छैनौं” देवकोटाले भने।
प्रतिक्रिया दिनुहोस्