Skip to content

काउन्सिलमा हाम्रो प्रतिनिधित्व सून्य बनाउने षडयन्त्र पूरा हुन दिंदैनौं : नेपाल बोर्डका सिए

आईक्यानको काउन्सिलमा नेपाल बोर्डको प्रतिनिधित्व निकै नै आबश्यक भएको बताउंदै नेपाल बोर्डका विभिन्न सिएहरुले नेपाल बोर्डका दुई उमेद्वार सिए भवनाथ दाहाल र सिए सुरेश देवकोटालाई जसरि पनि जिताउनै पर्ने लबिंङ गरिरहेका बेला सिए बजारका केहि गुटहरुले भने नेपाल बोर्डको प्रतिनिधित्व सुन्य बनाउन अनेकौं षडयन्त्र रचिरहेको केहि सिएहरुले सिए सरोकारलाई जानकारी दिएका छन्। उमेद्वारहरु मध्येकै सिएहरुबाट समेत यस्तो काम भईरहेको विभिन्न सिएहरुले आरोप लगाएका छन्।
आफ्नो नाम नाबताउने सर्तमा एक जना सिएले आफुलाई नेपाल बोर्डका सिएहरुलाई भोट नहाल्न विभिन्न अन्य उमेद्वारहरुले आग्रह गरेको बताएका छन्।  आफु भारतीय बोर्डबाटै उतिर्ण भएको भए पनि चिनजानका आधारमा नेपाल बोर्डका एक उमेदवारलाई  भोट हाल्ने मनस्थितिमा रहेको बताउंदै उनले ‘भारतबाट सिए उतिर्ण गरेका सिएहरुका पक्षमा विभिन्न निर्णयहरु गर्न सजिलो हुने भएकाले’ त्यसका लागि नेपाल बोर्डका कसैलाई भोट नहाल्न आग्रह गरेको बताएका छन्।
यता नेपाल बोर्डबाट उतिर्णहरुले भने कुनै पनि हालतमा आईक्यानमा नेपाल बोर्डबाट उतिर्ण सिएहरुको प्रतिनिधित्व हुनुपर्ने बताएका छन्। “हामी सकेसम्म दुवै उमेद्वारलाई  जिताउने कसरतमा लागेका छौं। आईक्यान हाम्रो हो र हाम्रा मुद्धाहरु बलियो हुनुपर्छ !” एक सिएले सिए सरोकारलाई  बताए। सिए बजार मै नेपाल बोर्डका सिएहरुलाई हराउन विभिन्न खालका षडयन्त्रहरु भईरहेको भए पनि त्यस्ता षडयन्त्रहरु अन्तत: पराजित हुने उनले बताए।  
     

प्रतिक्रिया दिनुहोस्