Skip to content

दिल्लीमा जम्दै ‘फोकल’, जुन महिनाको कार्यक्रम सम्पन्न

नेपाली कला र साहित्यलाई माया गर्ने लक्ष्मीनगरमा रहेका सी.ए. अध्ययन गरिरहेका विद्यार्थीहरुको अनौपचारिक समूह “फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल”ले जून महिनाको कार्यक्रम गत आईतबार सम्पन्न भएको छ । अनौपचारिक रुपमा सम्पन्न भएको उक्त कार्यक्रम प्राईम सीएको हलमा सम्पन्न भएको थियो ।  कार्यक्रममा सहभागीहरुले कला तथा साहित्यको विविध पक्षहरु गजल, कथा, कविता, भावना, मुक्तक, मनोवाद तथा गायन कला प्रस्तुत गरका थिए ।

कार्यक्रमको विमर्श खण्ड अन्तर्गत अघिल्लो महिना छनोट गरिएको विषय “नेपालको बैँक अडिटमा सी.ए.को भूमिका”मा सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए । छलफलमा बोल्दै सहभागीहरुले  सी.ए.हरुले विशेषत बैँकहरुको जोखिम नियन्त्रण र वित्तीय नियन्त्रणमा ध्यान दिनुपर्ने तथा बैँकमा हुने छलकपट रोकथाममा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै पुस्तक आदान–प्रदान खण्डमा सहभागीहरुले आफूले पढ्न चाहेको र पढिसकेका पुस्तकहरु आदान–प्रदान पनि गरेका थिए ।

अन्त्यमा विमर्श खण्ड अन्तर्गत सहभागीहरु बीचबाट अर्को महिनाको लागि शीर्षक “एस.एल.सी.मा आउन लागेको गे्रडिङ्ग व्यवस्था” चयन गरिएको थियो । साथै आगामी जूलाई महिनाको कार्यक्रम प्राइम सी.ए.कै प्राङ्गणमा जूलाईको तेश्रो आइतबार, १९ जूलाई, २०१५ बेलुका ५ः३० देखि हुने निर्णय गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

फोकल अन्तर्गत प्रत्येक महिनाको तेस्रो आईतबार कतै भेला भएर बिभिन्न तह र तप्कामा अध्ययन गरिरहेका सी.ए. बिद्यार्थीहरुले कला तथा साहित्यको विविध पक्षमा आफ्नो प्रतिभा र सृजना प्रस्तुत गर्दै आइरहेका छन्। व्यस्तताको बावजूद पनि सी.ए. विद्यार्थीहरुले महिनाभरिमा कोरेका रचनाहरु फोकलमा विसाउने चौतारी बनेको  फोकलमा सहभागी सुमन लम्षालले सिए सरोकारलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्