MANAGEMENT TRAINEE र JUNIOR ASSISTANT को पदमा समेत मागियो सिए / एसिसिए
गरिमामाय डिग्रीको रुपमा लीइएको सिए लाई पछील्ला केही VACCANCY ANNOUNCEMENT हरुले भने धज्जी उडाएको भन्दै सामाजिक सन्जाल फेसबुक मा केही संस्था हरुलाई सिए बिधा र्थी हरुबाट बिरोध आउन थालेको छ । केही समय अघी किस्ट बैंक ले MANAGEMENT TRAINEE को पद मा सिए / एसिसिएहरु मागेको थियो भने पछील्लो एउटा सुचनामा समेत JUNIOR OFFICERको लागि सिए/ एसिसिए मागिएको छ । यस्ता सुचनाहरुले सिए / एसिसिए अध्ययन गरिरहेका बिधार्थी तथा अबिभावक को मनोबल गिराउने र समग्र सिए/ एसिसिए क्षत्रकै बेजती हुने केही को भनाइ छ भने केही भने यसलाई सामान्य रुपमा लिन्छन । किस्ट बैंकले निकालेको VACCANCY ANNOUNCEMENT को बारेमा सिए सरोकार ले प्रतिकृया माग्दा बैंक का प्रतिनिधिहरु यस बारे बोल्न चाहेनन । ” हामीले कोही आउछन भने स्वागत छ मात्र भनेका हौ , कुनै पेसा प्रती हाम्रो कुनै पूर्बाग्रह छैन ” किस्ट बैंक का एक प्रतिनिधिले सिए सरोकार लाई बताए। यता अर्को रोजगारदाता संस्थाले बैंकका तर्फ बाट प्रकाशित गरेको सुचनामा सिए / एसिसिए हरुलाई मा JUNIOR OFFICERमा नै किन राखियो भन्ने सिए सरोकार को जिज्ञासा मा आफुलाई बैंक बाट त्यस्तै आदेश आएको बताउदै पंक्षिन खोजेका छन । यता केहीले भने कुनै पदमा जो कोही माग्नु बैंकको अधिकार भएको र जो कोहिले पनि सानै पदबाट सुरु गर्नु पर्ने भएकाले यो खासै ठुलो बिषय नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्