Skip to content

आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्न आइक्यानले बनायो वार्ता समिति

काठमाडौँ । आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्नका लागि आइक्यानले वार्ता समिति बनाएको छ । विभिन्न माग राखी आन्दोलन गरिरहेका विद्यार्थीहरुसँग वार्ता गर्न आइक्यानले काउन्सिल सदस्य आनन्दराज शर्मा वाग्लेको संयोजकत्वमा ४ सदसीय वार्ता समिति बनाएको छ ।
समितिमा आइक्यानका तर्फबाट आनन्द राज शर्मा वाग्ले, उमेश राज पाण्डेय, हेम कुमार काफ्ले, र भरत कुमार श्रेष्ठ रहेका छन् ।
विद्यार्थीहरुले राखेका अधिकांश मागहरुमध्ये वाग्ले र पाण्डेयका चुनाबी एजेन्डा नै छन् । यसले पनि विद्यार्थीका माग सम्बोधन हुने सम्भावना बढी देखिएको छ ।
विद्यार्थीहरुले परिक्षाको बीचमा ग्याप हुनुपर्ने, पाठ्य सामाग्री राम्रो हुनुपर्ने, स्टाइपेन्ड बढ्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।