
- सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट् नारायण बजाज र बद्रीप्रसाद गुरागाईं सरकारबाट विभूषित भएका छन् । सीए बजाज र गुरागाईं संविधान दिवसका अवसरमा सरकारबाट विभूषित भएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजाज र गुरागाईंलाई संविधान दिवस २०७८ का अवसरमा प्रबल जन सेवा श्री पुरस्कारबाट विभूषित गर्ने घोषणा भएको हो ।
सीए बजाजको लेखा पेशा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । यस्तैगरी गुरागाईंको बैंक र सहकारी क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्