Skip to content

सिए गोपाल अग्रवाल ५ लाख धरौटीमा आइतबार छुट्ने

एभरेष्ट इन्सुरेन्स प्रकरणमा जेलमा पर्नुभएका चार्टड एकाउन्टेन्ट गोपाल अग्रवाल ५ लाख धरौटीमा आइतबार छुट्नुहुने भएको छ । आज अदालतले सिए गोपाल अग्रवाललाई आइतबार छुटाउने निर्णय गरेको हो । सिए अग्रवाल एभरेष्ट इन्सुरेन्सको आन्तरिक लेखापरिक्षक भएको भन्दै उहालाई ठगी मुद्दा लगाएर  जेल चलान गरिएको थियो । शुक्रबार सिए सरोकारलाई एक्यान अध्यक्ष भरत रिजालले टेलीफोन मार्फत सिए अग्रवाल छुट्नुहुनेभएको जानकारी दिनुभएको हो । लेखापरिक्षण गरेकै आधारमा लेखा परिक्षक समातिएको र त्यसले आइक्यानको क्षत्राधिकार हनन गरेको भन्दै अडानसँग मिलेर एक्यानले SAVE OUR PROFESSION अभियान सुरु गरेको थियो । यध्यपी मुद्दाको छिनोफानो नभैसकेकेकाले  SAVE OUR PROFESSION अभियान भने जारी रहने बुझिएको छ । भारतीय नागरिक भएकाले थप सजाय हुने भन्दै उनलाई धरौटीमा रिहा हुनबाट बन्चित हुनु भेएको थियो । केही साताअघी एक्यान र अडानले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा गोपाल अग्रवालकी धर्म पत्नी सिए बन्दना खनालले पनि उहा रिहा नहुनुलाई कानुनको अपव्याख्या भएको बताउनु भएको थियो । आज अदालतले सिए गोपाल अग्रवाललाई आइतबार छुटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।