![]() |
प्रबेश आचार्य सीए फाइनल लक्ष्मीनगर, दिल्ली । |
गत
बुधबार कान्तिपुर दैनिकमा प्रकाशित देवेन्द्र भट्टराईको ‘सपना सीए,
बिपना—थाहा छैन’ लेख प्रकाशित भएलगत्तै सि.ए. अध्यनरत बिद्यार्थी वृत्तमा
एउटा तहल्का मच्चियो । लेखको विषयका कारण नेपालमा रहेका सशंकित बाबु–आमाबाट
दिल्लीमा सिए पढ्न गएका छोराछोरीलाई प्रश्नोत्तर गर्न थालियो । अनि बहस
सुरु भयो—‘के लेखमा भनिएजस्तै लक्ष्मीनगरमा सीए अध्यनरत नेपाली
बिद्यार्थीको स्थिती बिकराल हो त?’
हुन त सत्य लुकाएर लुक्दैन ।
अहिले
लुकाए पनि कुनै दिन फेरी विकराल रुपमा आउन सक्छ । प्रकाशित लेखका धेरै
कुराहरुमा सत्यता भएपनि केहीमा भने अलि फरक तथ्य देखिएको छ । प्रथमत सिए
पढ्ने सबै तहका ३२ हजार बिद्यार्थीमा १२ हजार नेपाली छन भन्ने हो । यो ३२
हजारको संख्या २०१३ नोभेम्वरमा फाईनल परिक्षा दिएका विद्यार्थीहरुको कुल
संख्या हो जसमा ३ (३ .११) प्रतिसत पास भएका थिए । उक्त समुहमा कती नेपाली
थिए भन्ने तथ्य–तथ्यांक कोहीसँग पनि छैन । त्यस्तै १२ हजार सीएका सबै तहमा
गरेर दिल्लीमा पढिरहेका नेपाली विद्यार्थीहरुको अनुमानित आंकडा हो । यो पनि
यहाँको माहोल र नेपालबाट पढ्ने आउने बिद्यार्थी चापलाई हेरेर गर्ने गरिएको
अनुमान हो । अर्कातिर, यो वर्षमा ५ जना सीए प्रत्याशी विद्यार्थीले कारण
नै नखुलेकै अवस्थामा आत्महत्या गरेको भन्ने जानकारीमा पनि मृत्युका
अन्य कारण समेत जोडिएका छन् । यसमा आत्महत्याका साथै दुर्घटना र बिरामी
परेर मृत्यु भएका बिद्यार्थी समेत छन् ।
नेपालमा केही बर्षयता मात्रै
सीए अध्यनको सुरुवात भएको हो । तर नेपाली सीएको भारतमा पढेको सीएको जस्तो न
प्लेटफर्म छ, न अन्र्तराष्ट्रिय मान्यता । नेपालको आन्तरिक राजनिती र
अस्तब्यस्तताको सिकार भएको नेपाली सिएबोर्ड आफ्नो गुण्ाँस्तर सुधार्नुभन्दा
पनि आफ्ना झिनामसिना कुरामा अल्झिएर समय खेर फाल्दैछ । यसले गर्दा नेपालमा
बसेर सिए पढ्ने भन्दा पनि दिल्ली धाउनेको संख्या धेरै छ ।
सिए
अध्ययन
आफैमा सजिलो बिषय होईन । अध्ययनभन्दा अझ जटिल यसको संरचना छ । २०१० को
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ अनुसार भारतिय सिएलाई बिश्वकै सबैभन्दा गाहे
पाठ्यक्रमको सुचिमा सुचिकृत गरिएको छ । त्यस्तै बाँकी बिश्वका दर्जनौँ
देशहरुमापनि भारतिय सिएको उत्तिकै मान्यता छ । सिए कुनै युनिभसिर्टीमा पढाई
हुने बिषय पनि होईन । यो स्वअध्ययन र निर्धारित तालिमको भरमा पास
गर्नुपर्ने बिषय हो । मुख्यत ः तीन तहमा रहेर अध्ययन गर्नुपर्ने यो पढाइको
तीन बर्ष कुनै सिएकै निगरानिमा तालिम गर्नुपर्ने हुन्छ जसलाई ‘आटिर्कलसिप’
भनिन्छ जुन संरचनाकै अनिवार्य र सबैभन्दा महत्वोपूर्ण पाटो हो । भारतिय
सिए वोर्डले भारतको फैलँदो अर्थतन्त्रलाई टेवा दिनको लागि सिएको
संख्या बढाउने निती अनुरुप सिएको प्रवेश परिक्षा अलि सजिलो बनाइदियो ।
फलस्वरुप बर्षेनी हजारौ नेपाली ‘प्लस टु’ पास गरेको जमात दिल्ली ओलिर्न
थाल्यो । यो आलोकाँचोको सिए बन्ने सपनासँँग नजानिँदो गरी बिकृती पनि
भित्रीन थाल्यो । पढ्ने र काम गर्ने तौरतरिकाको छोटो बाटो पनि खोज्न थालियो
। केहि समय देखी लगातार आत्महत्या र लागुपदार्थ दुव्र्यसनीका घटनाहरु
मिडियाहरुमा आउन लागे । सीए पास भएपछी पनि राम्रो जागिर नपाएको खबरले
नेपाली सिए वृत्तमा तरङ्ग पैदा गर्न थाल्यो । यसले गर्दा सिएमा प्रवेश
गर्नेहरुको संख्या नघटे पनि यो अध्ययनप्रतीको सम्मान कम हुँदै गएको हो कि
भन्ने बहस सुरु हुन लागेको छ ।
मुख्यतः सिए पास भएर जागिर नपाएको भन्ने
तर्क ‘सिए भएपछि ठुलै प्याकेज र प्रोफाइल पाउनुपर्छ’ भन्ने मानसिकता
अभिप्रेरित छ । अहिले पनि सुरुवातमा भारतिय बजारमा न्युनतम मासिक ३० हजार
भारु (लगभग ५० हजार नेरु) को जागिर पाउन त्यस्तो समस्या छैन । पछि उसको
व्यक्तिगत क्षमतामा भर पर्ने कुरा हो । अझ अहिले उदाउँदो एसियाली र खाडी
राष्ट्रको उचो अर्थतन्त्रको मागले गर्दा सिएको अवसर बढ्दै गएको छ ।
ब्यापारिक घराना र बैँकहरु मात्रै होईन, राज्यको हरेक निकायहरुमा पनि सीए
उपस्थिती महत्वपूण बन्दै छ । तर सकेसम्म धेरै सिएहरुको नेपालफकिर्ने सोच
भएकाले नेपालजस्तो सानो बजारमा जागिर नपाएको कुरा साँचो हुन सक्छ ।
यदी हामी हाम्रो प्रोफेसनप्रति इमान्दार हुन सकियो र, पाठ्यक्रमले
मागेअनुरुप सबै तालिम तथा अतिरिक्त क्रियाकलापमा सहभागी भएर सिए पास गर्न
सकियो भने अझै निराश हुनुपर्ने अवस्था छैन । समस्या जहिं पनि छन । तर एक
दुई वटा नकरात्मक घटनाको आधारमा सबै सकियो भनेर आत्तीनु पर्ने केहि छैन ।
प्रतिक्रिया दिनुहोस्