Skip to content

‘सीएहरुलाई दीक्षित गर्दै राष्ट्रपतिको आग्रह ,कर प्रशासनलाई चुस्त बनाउन सघाउनुस्’

  • सीए सरोकार संम्वाददाता
काठमाडौं – नेपाल चार्डड एकाउन्टेन्ट्स संस्थाको दीक्षान्त समारोहमा बोल्दै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले  सम्बोधन गर्दै मुलुकको आर्थिक विकासलाई चुस्त रुपमा अगाडी बढाउनु पर्ने विशेष जोड दिएकी छिन् । संस्थाको दीक्षान्त समारोहमा मंगलबार बोल्दै  राष्ट्रपति भण्डारीले अबको आर्थिक विकास तर्फ विशेष  केन्द्रित हुनुपर्ने बताइन् ।
साथै उनले संविधानले अंगिकार गरेको नीतिअनुसार नै आर्थिक पारदर्शिता र कर प्रशासनलाई चुस्त बनाउन चार्टर्ड एकाउण्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन्। लेखा प्रणालीमा आर्थिक पारदर्शीता कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति भण्डारीको टिप्पणी थियो ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल पनि उपस्थित सहेका थिए ।कार्यक्रममा बोल्दै  पौडेलले दक्ष जनशक्ति उत्पादन भएसँगै मुलुकको आर्थिक प्रशासन चुस्त हुने बताए। उनले आफूले सिकेको सीपलाई व्यवहारमा उतारेर राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न चार्टर्ड एकाउन्टेन्टहरुलाई आग्रह समेत गरे। 

प्रतिक्रिया दिनुहोस्