Skip to content

नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम

 नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम

अन्तर्गत भारत मा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हित र सम्बर्दन का लागि खुलेको बिधार्थी समुह “हातेमालो नेपाली बिधार्थी समुहले दसैं,तिहार, इद, र छट को शुभकामना शहीत एक बिशेष कार्यक्रम को आयोजना गरेको छ । 
हातेमालोका सदस्य तथा अन्य उपस्थित सिए बिधार्थीहरु
कार्यक्रम भारत नयाँ दिल्ली स्थित लक्ष्मीनगर मा भएको हो । करीब ५००  हाराहारिमा बिधार्थी हरुको उपस्थिती रहेको उक्त कार्यक्रम मा भिभिन्न प्रस्तुतिहरु देखाइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै हातेमालो नेपाली बिधार्थी समुहका उपादक्ष अन्कित अर्यालले कार्यक्रममा उपस्थित सम्पूर्ण बिधार्थीहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम अबिस्मरणिय हुने समेत बताउनु भयो । ICAI का काउन्सिल सदस्य र नेपाली दुताबास का प्रतिनिधि हरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रम मा भिभिन्न नेपाली लोक सस्क्रिती, गजल कबिता न्रित्य लगाएत्का प्रस्तुतीहरु देखाइएको थियो । कार्यक्रमले आफुलाई नेपालको झझल्को दिएको बताउने  बिधार्थिहरुले कार्यक्रम निकै रमाइलो भएको प्रतिकृया दिएका छन । कार्यक्रम अर्जुन राज पन्त को प्रमुख आथित्य मा सम्पन्न भएको थियो । कार्यक्रममा हिप अप गीत हरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमले बिद्यार्थी हरुलाई उलेखिय रुपमा मनोरन्जन गरेको बिद्यार्थीहरुले बताएका छन । हातेमालो बिधार्थी समुहले समय समय मा एस्ता कार्यक्रम गर्दै आएको छ ।
समाचार सौजन्य:ॠषि राम अधिकारि (सिए फाईनल, लक्ष्मीनगर नयाँ दिल्ली भारत)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।