Skip to content

आइक्यान र एसिसिए प्रतिनिधिबिच भेटघाट

आइक्यान अध्यक्ष ,उपाध्यक्ष र एसिसिएका प्रतिनिधिबिच बार्ता भएको खबर सार्वजनिक भएको छ । आइफ्याकको बिशेष कार्यक्रमका लागि नेपाल बाहिर रहनु भएका आइक्यान अध्यक्ष महेश गुरागाइ र उपाध्यक्ष नरेन्द्र भट्टराईले एसिसिएका प्रतिनिधि रेजा अलीसँग भेटघाट गर्नु भएको हो । भेटघाटमा सकारात्मक कुराकानी भएको रेजा अलीले बताउनु भएको छ । आफ्नो फेसबुकमा तश्बिर सेयर गर्दै रेजा अलीले भेटघाट सकारात्मक भएको भन्दै नेपालमा रहनुभएका एसिसिए प्रतिनिधिहरुलाई सहयोगको आहवान समेत गर्नुभएको छ । केही समय अघीदेखी आइक्यान र एसिसिए बिच  MRA गर्ने बारे छलफल भईरहेको छ । आइक्यानले  दिने बिषय छुट र आर्टिकल्शिपका बारेमा कुरा नमिलेका कारण एसिसिए र आइक्यान बिच कुनै सम्झौता हुन सकेको छैन । केही बर्ष अघी आइक्यानले दिएको बिषय छुट र आर्टिकल्शिपका बारेमा कुरा नमिल्दा आइक्यान र एसिसिए बिच सम्झौता हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।