Skip to content

खुसि हुदै आइक्यानका विधार्थी | सुरज प्याकुरेलको व्यक्तिगत अनुभव

सुरज प्याकुरेलको  व्यक्तिगत अनुभव 
एका बिहानै  मेरो फोनको घन्टी बज्यो ।   आफुलाई एक आइक्यानका विधार्थी बताउने उ भन्दै थियो ,” सुरज दाइ! अब देखि हाम्रो पोस्टल हुदैन हो?” प्रति उत्तरमा मैले जवाफ दिए, हो! “अब उपत्यका भित्रकालाइ हल मात्र हुन्छ अनि उपत्यका बाहिरकालाइ पोस्टल मात्र हुन्छ। ”  उसले फेरी सोध्यो, “अनि दाइ अब हामिभन्दा पहिला नै पास भैसकेकाहरुसंग हामीले संगै एक्जाम दिने हो? “” हो! येदि तिमीले हल पास गर्यौ भने”, “त्यो त मा गरिहाल्छु नि!”  उ अलि जोस्सिएको जस्तो भयो ।  अनि फेरी उसले केहि रमाइलो पारामा सोध्यो ” दाइ! अब त्यो इंडियाकोलाइ आइक्यानले फेरी तालिमको ब्यबस्ताको निर्णय भैसकेको हो ?” मैले हो भने । उसले  सोध्यो त्यसो भए त अब आइक्यान इंडिया भन्दा राम्रो हुन्छा होला है!” मैले केहि प्रतिक्रया नदिए पनि ICAN ले प्रगति गर्दै गरेको कुरा  सुनाए।   उ सार्है  खुसि भए जसरि कुरा गर्दै थियो।   युद्दमा जितेर आएको सिपाही जस्तै केहि जोस्सिदै पनि थियो।   कसै प्रति रिस  राखेको आभास पनि हुन्थ्यो।  यातिक्कैमा मैले सोधे  रजिस्टर गर्यौ त? ” रजिस्टर गरेर किताब पनि ल्याइसके ” मैले फेरी सोधे, सबै किताब पायौ त? ” अ पाए दाइ उसले अलि छक्क परेको जस्तै भने पछि मैले उसलाई बिगत को यथार्थ बताए। उसले थाहा नपाएको जानकारी दियो।  
उ त एउटा प्रतिनिधि पात्र मात्र हो।    उ जस्तै धेरै विधार्थीहरुले अहिले नियमित येस्ता प्रस्नहरु तेर्स्याउछन मलाइ।  फेसबुकमा होस् या फोनमा सबै जना मख्ख देखिन्छन  उनीहरुलाई आफुलाइ राम्रो भएको जति खुसि छ , भारतीय बोर्डका सियहरुलाई आइक्यानले ल्याएको तालिमको ब्यबस्थाले बेग्लै खाले सन्तुष्टि मिलेको भान हुन्छ  साचैनै नेपालि विधार्थीका प्रति अहिलेको नेतृत्व कोषे  ढुङ्ग्गा बनेको धेरैले विश्लेषण  गरेका छन् । हल एकजाममा पनि बिगतको तुलनामा केहि सजिला प्रस्न छन् भन्ने सुन्दा उनीहरु झन मख्ख परेका छन् ।  विधार्थीका धेरै मामलामा आइक्यान लचक र समझदार भएको धेरैको बुझाइ छ । आइटि  शुल्क घट्नु , ग्याप घट्नु, भारतीय बोर्डका विधार्थीलाइ तालिमको ब्यबस्थाको निर्णय गर्नु, पोस्टल हटाउनु, जस्ता निर्णयले विधार्थीहरु बेग्लै खाले खुसिमा रहेको प्रस्ट देखिन्छ। विधार्थीहरुका समस्याहरु पनि निवारण हुदै गएको भान हुन्छ येति बेला नेपालि बजारमा। आर्टिकल्शिपको समस्या आइक्यानका  विधार्थीहरुलाई छदै छैन भन्दा पनि अतियुक्ति हुदैन।  यहि बेला भारतीय बोर्डमा अध्यन गरेर तीन  बर्षे काम नेपालमा गर्न खोज्नेहरुलाई फलामको चिउरा चपाउन भन्दा पनि गाह्रो भैरहेको बुझ्न गाह्रो छैन।  विधार्थी खुसि छन्।  आइक्यानले यसरि नै रफ्तारमा आफुलाई परिस्कृत गर्दै जाने हो भने साचै नै नेपालि सिए बजार सकारात्मक दिशा तर्फ जाने निश्चित छ।  यसै गरि प्राबिधिक, सैछिक  र अन्य कुरामा पनि आइक्यानले आफुलाई तिखार्ने हो भने आइक्यान र आइक्यानका विधार्थीहरुको भबिस्य उज्ज्वल छ।  

प्रतिक्रिया दिनुहोस्