महेश गुरागाइको कार्यकाल इतिहासकै असफल, अनुशासनहिन र कालो कालखण्ड: सिए नेपाली बिधार्थी संघ दिल्ली
सिए सरोकार संवाददाता
२९ आश्विन २०७१, बुधबार ०६:३७
आइक्यानका निबर्तमान अध्यक्ष महेश गुरागाइको कार्यकाल इतिहास कै कालो कालखण्ड भएको भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संघ सिए नेपाली बिधार्थी संघ दिल्लीका अध्यक्ष पदम भट्टराईले बताउनु भएको छ । सिए सरोकारसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले महेश गुरागाइले भारतमा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुलाई सताउने बद्नियतका साथ निर्णयहरु गरेर बिधार्थीहरुलाई दु:ख दिन खोजेको आरोप लगाउनु भएको छ । महेश गुरागाइका सम्पूर्ण निर्णयहरु बिबादजनक नभए पनि भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुकोहकमा भने इतिहास कै कालो कार्यकाल भएको बताउनु भएको छ । आइक्यानका निबर्तमान अध्यक्ष महेश गुरागाइको पालामा भएको एक बर्षको अनिबार्य तालिमको ब्यबस्थाको सिए नेपाली बिधार्थी संघले बिरोध गरिरहेको छ । आइक्यानका निबर्तमान अध्यक्षको कार्यकाल निकै नै अनुशासनहिन, असफल र कालो रहेको बताउदै पदम भट्टराइले महेश गुरागाइ सिए बिधार्थिको हकमा एक ब्यक्ती एक पेसाको मुद्दा देखी सेवा आवोर प्रोफेसन अभियान सम्म पराजित भएको बताउनु भएको छ । गुरागाइ भारतमा अध्ययन गर्ने बिधार्थीका लागि निकै नै पूर्वाग्रही भएको आरोप समेत उहाले लगाउनु भएको छ । गुरागाई कार्यकाल इतिहास कै असफल, अनुशासनहिन र कालो कालखण्ड भएको आरोप उहाले लगाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्