 |
सम्मानित भएका कृति प्रधान र प्रभा आचार्य |
आईक्यानले आफ्नो १८ औं बार्षिक उत्सवको अवसरमा विभिन्न तहमा सर्वोत्कृस्ट अंक ल्याउने विधार्थीहरुलाई सम्मानित गरेको छ। सनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमका बीच आईक्यानले बिधार्थीहरुलाई सम्मानित गरेको हो।
 |
सम्मानित एलिना घिमिरे आफ्ना अविभावक संग |
कार्यक्रममा सम्मानित हुनेमा क्याप थ्रीको परिक्षामा सर्वोत्कृस्ट अंक ल्याउने कृति प्रधान र प्रभा आचार्य , क्याप टु तर्फबाट सृस्टि तिवारी, एलिना घिमिरे र रोजन श्रेष्ठ छन् भने क्याप वान मा उत्कृस्ट अंक ल्याउने दीपिका जोशी र बिजय पराजुली छन्। बिजय पराजुली भने कार्यक्रम मा अनुपस्थित थिए। 
क्याप थ्री तर्फका टपर प्रभा आचार्य सीसीएमएका बिधार्थी हुन्। यता कृति प्रधान ले भने क्याप टु र क्याप वान सीसीएमएमा पढेकी हुन् भने क्याप थ्रीमा बिषयगत रुपमा विभिन्न कक्षाहरु क्रमश: प्राइम सिए र रंजित कुमार यादवको आईपीएबाट लिएकी हुन्। यता क्याप टु तर्फका टपर रोजन श्रेष्ठ सीसीएमए र सृस्टि तिवारी प्राइम सिएबाट क्याप टु उतिर्ण बिधार्थीहरु हुन्।सम्मानित एलिना घिमिरे पनि प्राइम सिएकी बिधार्थी हुन्।
 |
सम्मानित कृति प्रधान र दीपिका जोशी |
आईक्यानले आफ्नो बार्षिक उत्सबको अवसरमा यसखाले सम्मानका कार्यक्रमहरु गर्दै आएको छ। गत बर्ष पनि आईक्यानले क्याप वान तर्फका टपर नीरु श्रेष्ठ र रिमा खनाललाई सम्मानित गरेको थियो। रिमा खनाल प्राइमकि बिधार्थी थिइन भने नीरु श्रेष्ठ सीएआईकि बिधार्थी थिइन् ।
 |
समानित भएपछी आफ्ना बाबु संग सृस्टि तिवारी |
महिलाहरु अब्बल देखिएको मा खुसि छु : अर्थमन्त्री : आईक्यानबाट क्याप थ्री मा सर्बोत्क्रिस्ट अंक हासिल गरी सम्मानित भएका बिधार्थी मध्ये दुवै र क्याप टु मा सबै भन्दा बढी अङ्क ल्याई उत्कृस्ट हुने दुई मध्ये एक महिला भएको स्मरण गर्दै अर्थमन्त्री डा . राम शरण महतले महिलाहरु अब्बल भएकोमा निकै नै खुसि भएको प्रतिक्रिया दिनु भएको छ।
 |
अर्थमन्त्रीका साथ आईक्यान अध्यक्ष नरेन्द्र भट्टराइ र आइक्यानाका पहिलो अध्यक्ष कोमल चित्रकार |
सन्तानको खुसीमा यसरि रमाए अभिवावक : क्याप थ्री मा उत्कृस्ट अंक ल्याउदै सम्मानित भएकी कृति प्रधानलाई डा. राम शरण महतले सम्मानित गर्दै गर्दा कृतिका बाबु त्यस क्षणलाई आफ्नो क्यामरामा कैद गर्दै थिए। समानित हुँदा जति खुसि कृतिको मुस्कानमा झल्किन्थ्यो, त्यति नै खुसि कृतिका बाबुको मुहारमा झल्किएको प्रस्ट हुन्थ्यो । उनी मात्र होइन सृस्टि तिवारी र रोजन श्रेष्ठका बाबु पनि समारोहमा निकै नै हर्षित देखिन्थ्ये।
 |
समानित छोरी को तस्बिर खिच्दै कृति प्रधान का बाबु |
आफ्ना विधार्थी समानित हुँदाको आनन्द नै बेग्लै: दीपेश थपलिया , प्रबन्ध निर्देशक, सीसीएमए : आईक्यानले आयोजना गरेको समारोह केहि खास थियो दीपेश थपलियाका लागि। आफ्नो इन्स्टिच्युटमा क्याप वान देखि अध्ययन गरेकी कृति प्रधानलाई अर्थ मन्त्रीले सम्मान गरिरहँदा समारोहमा उपस्थित भएका सीसीएमए कलेजका प्रबन्ध निर्देशक दीपेश थपलियाको मुहारमा छुट्टै खुसी थियो।
 |
तस्बिर:दीपेश थपलियाको फेसबुकबाट |
क्याप वान, र क्याप टु मा सीसीएमएमा अध्ययन गरेकी कृति प्रधानका सिए बिधार्थी हुँदाका क्षणहरु सम्झंदै उक्त समारोहमा कृतिले पाएको सम्मानले आफुलाई निकै नै हर्षित बनाएको उनको प्रतिक्रिया थियो। अझ कृति मात्र होइन क्याप थ्री मा उत्कृस्ट अंक ल्याएकी प्रभा आचार्य पनि सीसीएमएकि बिधार्थी भएकाले आफुलाई अझै खुसि बनाएको उनको प्रतिक्रिया थियो। क्याप टु अन्तर्गत उत्कृस्ट अंक ल्याएका रोजन श्रेष्ठ पनि सीसीएमएकै बिधार्थी हुन्। यसरि सम्मानित भएकाहरु मध्ये आफ्ना बिधार्थी को हिस्सा पनि दरिलो भएको हुँदा आफुलाई छुट्टै खालको आनन्द आएको उनको प्रतिक्रिया थियो। क्याप वान देखि आफ्नो इन्स्टिच्युटमा पढेका बिधार्थीहरु यसरि सिए बनी सम्मानित भएको खुसि अन्यत्र नपाउने बताउंदै सीसीएमएका प्रबन्द निर्देशक दीपेश थपलियाले समानित सबै बिधार्थीहरुलाई बधाई दिनु भएको थियो।
प्रतिक्रिया दिनुहोस्