Skip to content

अन्तत : सर्नेभो आईक्यानको भवन

सर्ने सर्ने भन्दाभन्दै निकै लामो समयदेखि सर्ने काम थाँती राखिएको आईक्यानको  भवन दोश्रो पटक उद्घाटन भएको झन्डै ७ महिनापछी अन्तत : सर्ने भएको छ।  आईक्यानले औपचारिक रुपमा भवन सराईको काम सुरु गरेको छ।  सातदोबाटो स्थित आईक्यानको भवनमा सामान सार्ने काम सुरु भएको छ भने अन्य प्राबिधिक काम पनि सुरु गरिएको छ। 
आईक्यानका विभिन्न दैनिक काममा बाधा : भवन सर्ने काम सुरु भएपछी आईक्यानका विभिन्न दैनिक काममा बाधा पुगेको छ।  भवन सर्ने काम सुरु भएपछी दैनिक रुपमा हुने आईक्यानको काममा बाधा पुगेको छ भने बिधार्थी, तथा सदश्य हरुका विभिन्न कामहरु पनि केहि दिनका लागि सर्ने भएका छन्।  आईक्यानको भवन सर्ने काम सुरु भैरहँदा दैनिक काम कारबाही भने केहि दिनका लागि सरेको खबर छ। 
आईक्यानले रच्यो नकारात्मक ईतिहास : आईक्यानले  रास्ट्रपति जस्तो गरिमामय व्यक्तित्वलाई र त्यो पनि दोश्रो पटक उद्घाटन गर्न लगाएर पनि  करिव ७ महिना पछी बल्ल भवन सर्ने नकारात्मक ईतिहास रचेको छ। यस अघि रास्ट्रपतिले उद्घाटन गरेका कुनै पनि भवन यसरि सराईमा ढिलाइ भएको थिएन भन्ने चर्चा पनि अहिले नेपाली सिए बजारमा चल्न थालेको छ।  आईक्यानका तत्कालिन अध्यक्ष महेश कुमार गुरागाईंले भवन उद्घाटनको श्रेय आफुले लिन भवनको उद्घाटन चाडै गराएको र अप्रतक्ष रुपमा आईक्यानको बेईजत गराएको टिप्पणी समेत नेपाली सिए बजारमा सुनिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्