Skip to content

१९७ भन्छ ” सातदोबाटोमा आईक्यान भन्ने कुनै संस्था छैन”

नेपाल चार्ट डएकाउन्टेन्ट्स संस्था (आईक्यान ) बबर महलबाट सातदोबाटोमा सरेको भनिए पनि सम्पर्क नम्बर के हो भन्ने बारे जानकारी नहुँदा बिधार्थीहरु अफ्ठ्यारोमा परेका छन्।  आईक्यानले सुचना मार्फत फाल्गुन १७ गते  बाट सम्पूर्ण कार्य सातदोबाटोबाट हुने जानकारी गराए पनि सम्पर्क नम्बर बारे जानकारी नदिंदा बिधार्थीहरु अन्योलमा परेका हुन्।आई क्यान को contact सेक्सनमा पनि आईक्यानको नयाँ ठेगाना अपडेट गरिएको छैन।
यसै क्रममा बिधार्थीहरुले सम्पर्क नम्बर पाइने नेपाल टेलिकमको सेवा १९७ मा सम्पर्क गर्दा त्यहाँका कर्मचारीहरुले सातदोबाटोमा रहेको नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था नामक कुनै पनि संस्था १९७ मा दर्ता नभएको बताएका छन्। यसरि ठेगाना परिवर्तन भएपनि १९७ र वेब साइटमा आईक्यानको नयाँ नम्बर तथा ठेगाना  अपडेट नहुँदा बिधार्थी दर्ता लगायत विभिन्न कार्यहरु गर्न बिधार्थीहरुलाई असजिलो भएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।