
यस बारे बुझ्न सिए सरोकार कर्मीले आइक्यानका अध्यक्ष नरेन्द्र भट्टराइलाई सम्पर्क गर्ने प्रयास गरेका थिए। तर उनको फोन नलागेपछी आइक्यानका उपाध्यक्षलाई सम्पर्क गरिएको थियो। आइक्यानका उपाध्यक्ष प्रकाश लम्शालले परिक्षा साखाका कर्मचारी श्याम मणि दाहाललाई भेट्न आग्रह गरेपनि उनी बिदामा रहेको जानकारी पाएपछी आइक्यानका उपाध्यक्ष कै निर्देशनमा आइक्यानका कर्मचारी भक्त कार्कीकहाँ पुग्दा आइक्यानका कर्मचारी कार्कीले एक छिन मै फर्म आइपुग्ने भन्दै सिए सरोकारका पत्रकारसंग थप कुरा गर्न चाहेनन्। तर त्यसको निकै समयपछी पनि फर्म नआएपछी केहि बिधार्थी फर्म भोलि भरौंला भन्दै घर फर्किएका थिए।
फोटोकपी गर्न पनि समस्या : निकै ठुलो भवन भए पनि आइक्यान वरिपरी फोटोकपी गर्ने ठाउँ नहुँदा बिधार्थीहरु निकै टाढा पुगेर फोटोकपी गर्न जान बाध्य भएका छन्। आइक्यानका बिधार्थीहरुलाई फर्म भर्ने बेलामा ईसी लगायतका कागजातको फोटोकपी आबश्यक पर्ने गर्दछ। तर आइक्यानमा एउटा फोटोकपी मेसिन सम्मको ब्यबस्था नहुँदा बिधार्थीहरु निकै नै मर्कामा परेका छन्।
प्रतिक्रिया दिनुहोस्