Skip to content

विधार्थीको र कर्मचारीको ज्यान जोखिममा राखेर हल परिक्षा संचालन !

https://casarokar.com/wp-content/uploads/2015/05/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-1.jpgआईक्यानले सयौं बिधार्थीको ज्यान जोखिममा राखेर हल परिक्षा संचालन गरिरहेको छ।  आईक्यान अन्तर्गत अन्तिमको परिक्षा सरे पनि हल परिक्षा स्थगित गरिएको छैन। भूकम्पको डरले हल परिक्षामा सामेल हुने बिधार्थीहरुको संख्या घटे पनि हल परिक्षा नसार्नु आईक्यानको गैर जिम्मेवारी भएको बिधार्थीहरुको गुनासो छ।  कतिपय बिधार्थीका परिवारले हल परिक्षा दिन नजान दवाब दिईरहेको बताएका छन् भने कतिपय बिधार्थीहरु भूकम्पका डरले परिक्षा दिन गएका छैनन्।  यद्यपी हल परिक्षाको समय सकिने डरले केहि बिधार्थीहरु भने हल परिक्षामा सामेल हुन बाध्य भएका छन्।  काठमाडौँ स्थित ब्रिलिएन्ट क्याम्पसमा हुने हल परिक्षा दिने कतिपय बिधार्थीहरु भने परिक्षा कै बेला पनि भूकम्पको डर भएको बताउँछन्।  यतिबेला हल परिक्षा संचालन भईरहेको ब्रिलिएन्ट क्याम्पस आफैंमा सुरक्षित छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ। हल परिक्षा संचालन भईरहेका बेला भूकम्प गयो भने आईक्यानका कर्मचारी र बिधार्थीको जिम्मेवारी कसले लिने भन्ने बिषय पनि उठिरहेको सन्दर्भमा आईक्यानले भने हल परिक्षा संचालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।