
नेपाल बोर्डका पहिलो सिए भवनाथ दाहाल पहिलो पटक आईक्यानको काउन्सिलमा पुगेका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा निर्वाचित हुँदै उनी काउन्सिलमा पुगेका हुन्। ४८ ओटा एक नम्बर को भोट पाएका सिए दाहालले दुई नम्बरको भोट पनि आबश्यक अनुसार पाएपछी उनी आईक्यानको काउन्सिलमा पुगेका हुन्। उनी नेपाल बोर्डका पहिलो सिए हुन्। उनीसँगै नेपाल बोर्ड कै सुरेश देवकोटा पनि काउन्सिलमा पुगेका छन्। उनको जीतलाई आईक्यानको जीतको रुपमा लिईएको छ।
उनको जीतसँगै आईक्यानले नयाँ गति लिने विश्लेषण गरिएको छ। निकै नै लामो कार्य अनुभव, र शैक्षिक मुद्धाहरुका ज्ञाताको रुपमा उनलाई लिईने हुनाले पनि उनको जीत माथि निकै नै ठुलो आशा राखिएको छ। पछिल्लो समय नेपाल बोर्ड कै एउटा गुट उनलाई हराउन लागि परे पनि आखिर सत्यको जीत भएको सरोकार वालाहरुले विश्लेषण गर्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस्