Skip to content

‘देब्यानी’ सिए विद्यार्थी प्रवेश आचार्यको कथा

“हेल्लो मिस्टर ! हाउ ईज
योर नेपाल ?” किरिरी गर्दै मोबाईलमा म्यासेज आयो । खोलेर हेरेँ फेसवुक
म्यासेन्जरमा रैछ । मैले नचिनेको प्रोफाइल थियो, सायद ‘फेक आई डी’ । नाम
हेरेँ ‘द लस्ट एन्जल’ ! कुनै केटिको प्रोफाईल जस्तो । मलाई जवाफ फर्काउन
मन लागेन । मोबाईल गोजीमा राखेँ । केहि समय बित्न नपाउँदै फेरी अर्को
म्यासेज आयो। म खोलेर हेरेँ, एउटा स्माईली मात्रै रैछ । कानको ईयर फोनमा
नरायण गोपाल सुसेल्दै थिए,”चिनारी हाम्रो धेरै पुरानो भएझै लाग्दछ…..” ! म
भर्खर मुम्बई रेलको सेन्ट्र्ल लाईनबाट रेल परिवर्तन गरी ईष्ट लाईनको
यात्रामा थिएँ ।

एउटा ब्यस्त स्टेसनमा रेल रोकियो । एक हुल मान्छे
रेलबाट ओर्लिए । फेरी त्यती नै मान्छे रेलको डब्बा भर्न आईपुगे । एकजना
सेतै कपाल फुलेकी बृद्दा मेरो अगाडी ठिङ्ग उभिईन र मराठीमा म तर्फ हेरै खै
के -के फुस्फुसाईन। मैले उनले बोलेको बुझिन तर उनको आँखाको भाषा बुज्दा
लाग्थ्यो उनी मेरो सिटमा बस्न खोजेकी हुन । मैले मेरो सिट माथी हेरेँ ।
महिला सिट रैछ । आफैलाई लाज लाग्यो । सिट छोडेँ र उनलाई बस्न भने । उनी
मुसुक्क मुस्कुराईन र चाउरिपरेको अनुहारमा पहेँलो पछ्यौरिको सप्कोले लपक्क
पसिना पुछिन । म पनि जवाफमा एकपल्ट मुस्कुराई दिएँ । आजभोली मलाई यो
मुस्कानको भाषाले सारै सहज बनाइदिएको छ । हरेक समस्याको हल म यहिँ बाटोबाट
खोज्ने गर्छु । धेरै ठाउँ सफल पनि भएको छु ।

गाउँदा गाउँदै नारायण
गोपाल बिचमै अड्किए । फेरी किरिरी म्यासेजको धुन बज्यो । खोलेर हेरेँ
“आरन्ट यु इन्ट्रेस्टेड टु टक विथ मि?” मलाई हल्का रिस उठ्यो । होईन
चिन्नु न जान्नु कसरी बोल्नको लागि इच्छुक हुनु नि । मैले जवाफ फर्काएँ
“हेलो मिस्टर! डु नट डिस्टर्ब मी । आई डन्ट नो हु यु आर ।” मलाई जान्नु
थियो मलाई जिस्काइरहने केटा हो या केटी । उताबाट फेरी जवाफमा ‘हि –हि’
मात्रै आयो । म केहि बोलिन । फेरी उतैबाट जवाफ आयो, ” बाई द वे , आई एम नट
मिस्टर्, आई एम मिस एन्ड यु नो मि भेरी वेल ।” मलाई हल्का हासो छुट्यो
मैले लिङ्ग पत्ता लगाउन सकेकोमा । अब मान्छे पत्ता लगाउनु थियो । फेरी
उसैले पहिलेकै प्रश्न दोहोर्याइ ” हाउ ईज योर नेपाल ?”

मलाई ईत्रीन
मन लाग्यो । नेपाली मै जवाफ फर्काएँ “तिमी जस्तै !” पछाडी एउटा ‘स्माईली’
पनि जोडिदिएँ । एक छिन पछी उसले जवाफ फर्काई ,”हेलो ! आई डन्ट नो नेपाली ।”
मैले फेरी अर्को बाजी मारेँ । उ नेपाली पनि रैनछ । मैले जवाफ फर्काएँ,”
इट्स लाईक यु ।” उसले अङ्रेजिमै जवाफ फर्काइ “म त सुन्दर छैन, के नेपाल पनि
म जस्तै कुरुप छ ?” उ कुरा गर्न झन खप्पिस रैछे । मलाई बिचमै अड्काईदिई ।
गफनै टुङ्गिए जस्तो लाग्यो । मन खिन्न भएर आयो । म एक छिन जवाफ नै फर्काइन ।
फेरी उसले ‘हि- हि- हि’ गर्दै म्यसेज पठाई । म अझै पनि केहि बोलिन । फेरी
उसैले लेखी ,” तिमी मलाई चिन्दिन भनेको होईन? अनि कसरी नेपालसँग तुलना
गर्यौ त? ” मैले लगत्तै जवाफ फर्काएँ,” म कल्पना गर्न सक्छु ।” उसले फेरी
लेखी “तिमी लेख्नेहरु सबै यस्तै लाग्छौ । कुरालाई कतै न कतै घुमाईदिने ।” म
अक्कमक्क परेँ ‘होईन यसलाई कसरी थाहा भयो म लेख्छु भनेर ?’ मैले फेरी
लेखेँ “हु आर यु ?” उसले जवाफ फर्काई, ” देब्यानी !” म मुसुक्क हाँसे ।
‘लस्ट एन्जल’ भनेर मेरो पिछा गर्ने अरु कोही नभएर भर्खर मरिन ड्राईभमा मेरो
साथमा समुद्रका छालहरु सँग जिस्किने देब्यानी रोय थिई । जो, यो हप्ता
मात्रै पश्चिम बाङ्गालबाट मुम्बई उत्रीएकी थिई । संगितको विद्यार्थी बनेर ।
मैले अव ढुक्कसँग जवाफ फर्काएँ “त्यसैले त भनेको नेपाल तिमी जस्तै सुन्दर
छ” । उसले लेखी “स्मार्ट वोए” पछाडी स्माईली झुण्डाउन बिर्सेकी थिईन ।

मुम्बईमा यो मेरो पाचौँ दिन थियो , अडिटको लागी दिल्लीबाट मुम्बई उत्रीएको ।
पहिलो दिन देखीनै काममा ब्यस्त बन्नु पर्यो । मसँगै टिममा दुईजना अरु पनि
थिए, मेरा जुनियर ‘सौरव र निती’ । उनिहरु जोडी रैछन्,मुम्बई आउँदै गर्दा
रेलमा आफैले पोल खोले । सायद कुनै त्यस्तो हर्कत मैले देखी हालें भने पनि
केहि नभनोस भनेर होला । म पनि उनिहरुलाई सहज होस भनेर मुस्कुक
मुस्कुराईदिएँ । त्यसपछी उनिहरु आफ्नै धुनमा मस्त देखिन्थे । एकपल्ट मैले
उनिहरुले सुन्ने गरी जिस्काइदिएँ,”लव बर्डस्” ! नितीका गाला राता बने ।
कामको पहिलो दुई दिन सम्म त उनिहरु उत्साहका साथ काम गरिरहेका थिए ।
तेस्रो दिन देखी उति जाँगरिला देखिन छोडे । खासखुस कुरा गरिरहन्थे । म
कुरा बुज्न नजिक जाँदा दुबैको बोली बन्द हुन्थ्यो । एक अर्कालाई हेर्थे र
फेरी काममा लाग्थे । हिजो साँझ डिनर गर्दै गर्दा मैले उनिहरुलाई सोधेँ
“कुनै समस्या छ”? सौरवले बोल्यो,”होईन सर केहि छैन” । मैले उनिहरुलाई सहज
पार्ने गरी भनेँ,”केहि छ भने भनिहाल है मिलेर समाधान गरौँला” । मैले बोलेर
सक्न नपाउँदै निती बोलि,”सर भोली घुम्न जाउँन । कती काम मात्रै गर्ने के?”
मैले सौरवलाई हेरेँ उसको आँखमा पनि त्यही भाव झल्किएको थियो । मैले हतार
नगरि हुन्छ भनेँ । उनिहरुको अनुहारमा विजयको भाव देखियो । मैले फेरी
जिस्काएँ ‘ लव बर्डस्..’!

बिहान म अवेर गरेर उठेँ । मोवाईल हेरें एउटा
म्यसेज रैछ । नितीले गरेकि,”सर हजुर सुत्नु भएको थियो त्यसैले हामिलाई
डिस्टर्व गर्न मन लागेन । हामी घुम्नको लागी निस्कियौँ । सांझ मात्रै
फर्किने छौँ । हजुरको दिन शुभ रहोस” । जोडी बाठो रैछ । म पनि साथमै हुन्छु
भनेर होला बिहानै बेखवर रफुचक्कर भएछ । मैले जवाफ फर्काएँ,” रमाइलो गर ।”
पछाडी एउटा स्माईली झुन्डाएर लेख्दिएँ ‘लव बर्डस्’ । उसले लगत्तै जवाफ
फर्काई “यु टु” स्माईली झुन्डाउन उसले पनि बिर्सेकी थिईन ।

म लन्च सम्म
अफिस मै काम गरेँ । केहि रिपोर्ट दिल्ली पठाउनु थियो । त्यस पछी बाहिर
निस्किएँ एउटा ब्यस्त शहरमा । म निस्किँदा एक जना घुमाउने मान्छे र गाडी
तयार थियो । मलाई गाडि र गाईड लिएर घुम्न मन लागेन । एक्लो निस्किएँ
मान्छेहरुको भिडमा । कुनै अन्जान शहरमा बिछडिएको मुसाफिर जस्तै।
कहाँ
जाने कुनै योजना बनेन । गन्तव बिना एउटा रेलको डिब्बा भित्र छिरेँ । घुम्नु
न छ, रेल जहाँ सम्म जाला । एक पल्ट सोचेँ ‘बिहानै हराएको जोडिलाई फोन
गरुँ’ । फेरी लाग्यो, होस किन डिस्टर्व गर्नु! घुमुन आफ्नै संसारमा ।

केहि घण्टा पछी घाम डुब्दै गर्दा म छत्रपती शिवजी टर्मिनलको बाहिर पट्टी
उभिएँ । ट्याक्सी स्ट्यान्डको नजिकै । एक छिन टहलिएँ । मान्छेहरुको भिडभाड ।
पान खाएर थुकी थुकी राता बनेका भित्ताहरु। ट्याक्सी वालाहरुको तानातान ।
एउटा पोल नजिकै आडेस लगाएर एक बोटल पानी एकै घुट्कामा रित्याईदिएँ । अचानक
मेरा आँखा म भन्दा पारी पट्टी परे । एक जना २०/२२ बर्ष जस्तो देखिने केटी म
तर्फ फर्केर हात हल्लाईरहेकी थिई ।

भर्खर बैँशमा हरियो बनेको
नारीवलको बोट मुनी उभिएकी थिई उ । बेलाबेलामा बत्तिँदै आउने हावाको
झोँक्काले बोटको पातसँग उसको खुल्ला कपाल पनि हावामा फुरुरु उडाउँदै थियो ।
टिमिक्क कंस्सिएको निलो जिन्स र सेतो टिसर्ट । साइडमा बोकेको एउटा सानो
पर्स जस्तो झोला । पछाडी बोकेको अग्लो गिटार । म एक छिन अलमलमा परेँ । मलाई
नै बोलाएकी होत? बिस्वास लागेन । मैले ध्यान अन्तै मोडेँ । उसले फेरी
त्यसै गरी हात हल्लाई । यो पल्ट लाग्यो उसले मलाई नै हात हल्लाईरहेकी छ ।
मैले बिस्तारै हात उठाएँ । उसको अनुहारमा मन्द मुस्कान देखियो । त्यसै बेला
हावाको एक झोँक्का बत्तिँदै आयो । उसको बिथोलिएको कपाल असरल्ल अनुहार भरी
पोखियो । उ त्यसलाई समाल्न ब्यस्त बनी । म एककोहोरो टोलाएर उसलाई हेरिरहेँ ।

साँझको पाँच बज्न आँटेको थियो । अन्जान शहर । कुनै जन्मको श्राप भोगे
जस्तो देखिने अस्थिर र अशान्त मान्छेहरुको भिड । उ मुस्कुराउँदै बिचको
फरकिलो बाटो पार गरेर म भएतिर आई । निधारमा कपालका मसिना धर्साहरु फिरफिर
गर्दै नचिरहेका थिए । उसले आफ्नो चोर औँलाले ती धर्साहरु कानको पछाडी पट्टी
अड्काई र बिस्तारै सोधि,”, “आर यु गोइङ टु मरिन ड्राईभ”? मैले केहि
सोच्नैँ सकिन । मेरो दिमागको सोँच्ने भाग कतै बङ्क हानेर फुत्त भागे जस्तो
लाग्यो । मेरो मुखबाट चिप्लिएर अनायासै निस्कियो,’ यस! आई’म गोइङ द्यर्’
।“क्यान वि सेयर अ ट्याक्सी ”? उसले आफ्नै लवजमा सोधी । मैले भनेँ ‘अफ
कोर्स’ । उसले एउटा ट्याक्सी रोकी र पछाडी पट्टिको सिटमा थपक्क बसी । म
केहि नबोली अर्को पट्टिबाट ढोका खोलेँ र उ सँग एउटै सिटमा बसेँ ।


ट्याक्सिमा बसे पछी बल्ल समालिएँ । आफैसँग लाज लाग्यो । हल्का रिस पनि
उठ्यो । मलाई थाहा थिएन ‘मरिन ड्राईभ’ कहाँ थियो । मलाई त अझ मुम्बईमा मरिन
ड्राईभ नामको पनि कुनै ठाउँ छ भन्ने पनि थाहा थिएन । उसले हात हल्लाउनु । उ
मुकुराउँदै मेरो नजिक आउनु । म सँग कुरा गर्नु । मैले स्विकृती दिनु । उ
ट्याक्सी रोकेर भित्र बस्नु । यी सबै यती चाँडै भए कि मैले केहि सोँच्नै
सकिन, के सही थियो, के गलत? मैले कतै सुनेको थिएँ, पाईलाहरु चाल्दै गरे
गन्तव्य आफै बन्छ रे । तर यहाँ एउटा अन्जान सुन्दरीले मेरो गन्तव्य बनाउँदै
थिई । मैले मनमनै आफैलाई प्रश्न गरेँ,” मेरो गन्तब्य त्यो ‘सुन्दरी’ हो या
‘मरिन ड्राईभ”?

गाडीले आफ्नो गती लियो । हामी दुबै मौन थियौँ ।
पृष्ठभुमिमा कतै गुलाम अलि सुसेल्दै थिए । ‘हम तेरी शहर मेँ आएहेँ मुसाफिर
कि तरह………….’ । मैले सुटुक्क उसले नदेख्ने गरी अगाडिको सिसामा चिहाएँ ।
गहिरो तलाउ जस्ता उसका निला आँखा। रगत चुहिएला जस्ता, राता गाला । पातला
वान्की परेका ओँठ । कुनै सिनेमाकि नाईका भन्दा कम थिईन ।

म कतै अलग
दुनिँयामा बहकिएँ जस्तो लाग्यो । मन अस्थिर भयो । उसको सुन्दरताले
भित्रभित्रै चिमोटिएँ । मेरो ध्यान भङ्गं गर्दै ड्राईभरले घचक्क ब्रेक
हान्यो । हाम्रा कुईना ठोक्किए । उसले अचानक आँखा उठाई र अगाडिको सिसामा
हेरी । मेरो चोरि पक्डियो । हामी दुबैका आँखा जुधे । हावाको प्रवाहमा
नाचिरहेको उसको कपाल मेरो अनुहारमा आएर पोखियो । उसका पातल ओठ फिरफिर गरे ।
विस्तारै ओठका दुई पत्र उप्किए । उसले बोली ‘सरि’ । मैले जवाफ फर्काईन ।
उसलाई हेरी मात्रै रहेँ । उसका गाजल पोतिएका निला आँखा तनक्क तन्किए । हामी
एक अर्कोलाई हेरिरह्यौँ । एउटा गहिरो शून्यता । न उ बोल्न सकी न म भित्र
त्यो हिम्मत आयो । हाम्रा आँखा जुधे । हाम्रा आँखा बोले । मौनाताको भाषा
कती मिठो हुँदो रैछ मैले पहिलो पल्ट अनुभुती गरें ।
केहिबेर पछी
ट्याक्सी रोकियो । चुपचाप पैसा तिर्यौं आधा-आधा । सोचेँ, मरिन ड्राईभ यहिँ
रैछ । अगाडी लम्पसार परेको बिशाल समुन्द्र थियो । साथमा कुनै अन्जान
सुन्दरी । दुबै जनालाई मैले जिन्दगीमा पहिलो पल्ट भेटेको थिएँ । कुनै
अन्जान शहरमा । बिना पूर्व योजना।

केहि बेरपछी हामी खाली खुट्टा,
गाढा, निलो र चिसो देखिने समुन्द्री किनारमा उभियौँ । अलिक पर भर्खर फलेका
नरिवलका बोटहरु हावाको एककोहोरो प्रवाह सङ्गै पिङ्ग खेलिरहेका थिए । हाम्रा
पटक- पटक आँखा जुधे । पटक-पटक ओठ काँपे । अहँ! मौनता चिरिएन । अन्तिममा
धेरै लामो सन्नाटा चिर्दै उसले बोलि,” तिमी शहरमा नयाँ हो?” मैले जवाफ
फर्काएँ ” हो, मेरो लागि यो शहर र समुन्द्र दुबै नयाँ हो” । उसले हाँस्दै म
तर्फ हात बढाई । “म देब्यानी रोय । कोलकताबाट “। मैले हात मिलाउँदै भने,” म
प्रवेश ,कठमाण्डौबाट” । उसले मलाई जिस्काउँदै भनि ,” तिमीसँग बोल्ने
हिम्मत पनि रैछ” । मैले जवाफ फर्काएँ,” मेरो मौनाताको भाषा अझ ससक्त थियो
।” उ जोडले हाँसी ।

हामी गफिँदै धेरै अगाडी पुगिसकेका थियौँ । बैँसले
उर्लिएको छालहरुको बाक्लो तह वरालिंदै हामी भए निर आईपुग्यो । हामी दुबै
ढल्फलायौँ । अचानक उसले मलाई च्याप्प समाती । आँखा बन्द गरी र मेरो छातिमा
आफ्नो टाउको लुकाई । मैले बलियोसँग उसको कम्मरमा समातेँ । केहिबेरमा छालको
प्रवाह घट्यो । उसले आँखा खोली । हामी दुबै जनाले एक अर्कालाई हेरिरह्यौँ ।
उसको अनुहार भरी पोखिएको मुस्कानको मादकता ओँठमा आएर समेटियो । लाग्यो
त्यो कतै चुहिन नदिएर आफ्नै ओंठले पिइरहुँ । त्यहिँबेला मेरो मोवाईल बज्यो ।
रिङ्ग टोनमा नारायण गोपाल उसैगरी सुसेल्दै थिए,”चिनारी हाम्रो धेरै
पुरानो भएझै लाग्दछ…..” !
प्रवेश आचार्य
दिल्लि, सिए फाईनल
www.acharyapravesh.com.np
http://www.facebook.com/pravesh.acharya1

प्रतिक्रिया दिनुहोस्