Skip to content

कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनी मर्जरअघि पनि कुमारी बैंकका सीइओ थिए । त्यसपछि कुमारी र एनसीसी मर्जर भएका थिए । 
मर्जरपछि तत्कालीन एनसीसी बैंकका रमेश राज अर्याल सीइओ भएका थिए भने खनाल डेपुटी सीइओ भएका थिए । अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै खनाल ४ बर्षका लागि सीइओ नियुक्त भएका हुन् ।
उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य पनि हुन् ।
सिद्धार्थ बैंकमा ८ वर्ष काम गरेपछि उनी कुमारीमा एसिस्टेन्ट जनरल म्यानेजरमा प्रवेश गरेका थिए । त्यहाँ आउनुअघि उनले सानिमा बैंकमा पनि केहि समय काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।