Skip to content

जनकपुर उपमहानगरपालिका र यी २२ जना लेखापरीक्षकले आइक्यानलाई टेरेनन् ! होला त कारवाही ?

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ –  विभिन्न निकायले लेखापरिक्षकहरु सूचीकरण गरेपछि आइक्यानले त्यसको नगर्न पटक पटक अनुरोध गरेको भएपनि त्यसलाई विभिन्न निकायले लत्याएका छन् भने आइक्यानकै सदस्यहरुले पनि आइक्यानको निर्णय र अनुरोध विपरित काम गरेका छन् ।  जनकपुर उपमहानगरपालिकाले लेखापरीक्षण कार्यको लागि सूचीकरण हुन गरेको सूचनाका आधारमा २२ जनाले सूचीकरण गरेको जानकारी उपमहानगरपालिकाले गराएपछी यो प्रकरण सजिलै साम्य नहुने देखिएको छ ।


होला त कारवाही ?
आइक्यानले सूचीकरणमा भाग नलिना समेत सूचना जारी गरेको थियो । कतै त्यसरी सूचीकरण भइएको छ भने पनि सो सूचीकरणलाई फिर्ता लिन आइक्यानले सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर आइक्यानको उक्त सूचनालाई अटेरी गर्दै २२ जना लेखापरीक्षकहरुले जनकपुर उपमहानगरपालिकाको सूचीकरणमा भाग लिएको र उक्त सूचीकरण फिर्ता नलिएको भेटिएको छ । अव यस्ता अटेरी लेखापरिक्षकहरुलाई कस्तो कारवाही हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।