Skip to content

आइक्यानको सदश्यता परिक्षा सर्यो

आइ क्यानको अधिकारिक सुचना

नेपाल चार्ट्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले  यही NOVEMBER 15, 16,17 गते लिने भनेको सिए सदश्यता परिक्षा सरेको छ ।  संबिधान सभाको निर्वाचनका कारण परिक्षा अनिस्चित कालका लागि परिक्षा सारीएको खबर आएको छ । यध्यपी आइक्यानले भने आफ्नो सुचनामा “बिशेष परिस्थिती”का कारण परिक्षा सारीएको बताएको छ । संबिधान सभाको निर्वाचन पछीको माहोल हेरेर आगामी परिक्षाको मिती तोकिने  बुझिएको छ । यसभन्दा अघी आइक्यानले यही कार्तिक २९ गते मङ्सिर १ गते र मङ्सिर २ गते परिक्षा तोकेको थियो । तर संबिधान सभाको निर्वाचनमा मुलुक होमिइसकेकोले परिक्षा सारीएको बुझिएको छ ।  आइक्यानले भारतीय बोर्ड बाट उतिर्ण गरेका सिएहरुलाई नेपालको सदस्यता लिन केही बिषयको परिक्षा लिदै आएको छ । परिक्षा सारेको निर्णय आए लगतै बिभिन्न मिश्रित प्रतिकृया आएका छन । केहीले आइक्यानको निर्णयलाई स्वागत गरेका छन भने केहीले भने निर्वाचन मङ्सिर ४ मा भएकाले आइक्यानले परिक्षा नसारेको भये हुन्थ्यो भनी प्रतिकृया दिएका छन ।

READ MORE NEWS>>>

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।